जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना

पुस ६,
जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्य सहित ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुंगानालाई आन्दोलन समिति संयोजक चयन गरेको छ। ललितपुरको झम्सिखेलमा भएको बैठकले कार्यकारी समिति विस्तारको जिम्मा मिरज ढुंगाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ भने सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन्।

वर्तमान सरकारले आन्दोलनको भावना अनुसार काम नगरेको आरोप लगाउँदै समितिले सरकार अपदस्थ गर्ने चेतावनी दिएको छ। सर्वपक्षीय सरकार, संविधान पुनर्लेखन र संशोधनको मागसहित भोलि दिउँसो १ बजे डिल्लीबजारमा पत्रकार सम्मेलन आयोजना गरिने जनाएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज