by Bihani Post
मंसिर १८, नेकपा एमालेको आगामी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
यसअघि चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिनकै प्रयोग भएको थियो ।
विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि टेन्डर आह्वान भइसकेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । महाधिवेशनबाट १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन हुनेछ ।