by Bihani Post
कार्तिक २०, अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने घटना बढेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सस्तो दरमा सामान देखाएर अग्रिम रकम माग्ने, वा व्हाट्सएपमा स्क्रिन सेयर गराई ओटीपी लिई खाता ह्याक गर्ने जस्ता घटना बढिरहेका छन्।
नेपाल प्रहरीले कसैलाई पनि स्क्रिन सेयर नगर्न, ओटीपी नदिन र ठगीबाट बच्न सतर्क रहन अनुरोध गरेको छ।