रवि लामिछाने रिहा

पुस ४,
जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई जमानतमा रिहा गरेको छ। उनलाई ३ करोड ७४ लाख ८४ हजारको बैंक जमानत बुझाएर छुटाइएको हो। रवि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने तयारीमा थिए, तर गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान रोकियो। त्यसपछि उनी भरतपुर हुँदै रुपन्देही पुगे।

उच्च अदालत बुटवलको न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलले सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई थुनामुक्त गर्ने आदेश दिएका थिए। रविको पक्षमा उनका समर्थकहरूले देशभर प्रदर्शन समेत गरेका छन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज