कार्तिक २०, लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक कात्तिक २१ र २२ गते पाल्पाको तानसेनमा हुने भएको छ। करिब ८ सयभन्दा बढी लायन्स सदस्य सहभागी हुने उक्त कार्यक्रममा गत कार्यकालको समीक्षा, आगामी योजना, सम्मान र छात्रवृत्ति वितरणजस्ता कार्यक्रम रहनेछन्।
‘जाऔं पाल्पा’ अभियानमार्फत स्थानीय पर्यटन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बैठकको प्रमुख अतिथि लायन इ. सञ्जय खेतान र अध्यक्ष लायन बालाराम भट्टराई रहनेछन्। कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ।