नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न
जेठ ०७,
धातानन्द शर्मा गैरे
पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा तानसेन १ गैरागाउँमा ‘सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी स्वास्थ्यमन्त्री कार्यक्रम’सम्पन्न भएको छ । प्रमुख अतिथि सुनिल बस्यालले ब्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । कार्यक्रमका अध्यक्ष पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनका निमित्त प्रमुख माधव बस्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नसर्ने रोगको मृत्युदर ७० प्रतिशत पुगेकाले यसको प्रकोप भयावह भएको र प्रकोप घट्नुको सट्टा अझ बृध्दि भइरहेको छ भन्नुभयो ।
उच्चरक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग, थाइराइड, श्वासप्रश्वासलगायतका नसर्ने रोगको प्रकोपको प्रमुख कारण हाम्रो खानपान र जीवनशैली भएकोले रोगलाई न्यूनीकरण गर्न स्वच्छ पोषणयुक्त भोजन, योग, ध्यान, व्यायामका माध्यमबाट सक्रिय जीवनशैली अपनाएर रोगलाई टाढै राख्नुपर्छ पर्छ भन्नुभयो । भान्स...








