जेठ ०७,
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।
रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता भए सँगै यसको लागि जिम्मेवारी र निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई सबैले अनुरोध गरेका थिए । रामपुरलाई घोषणा गरे संगै जिल्लाका आठ वटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएका छन् ।