Breaking News 2

आज तिनाउका बासिन्दासँग थापाको प्रत्यक्ष संवाद

आज तिनाउका बासिन्दासँग थापाको प्रत्यक्ष संवाद

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ४, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिका का विभिन्न वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । चुनावी अभियानलाई तीव्र बनाउँदै उहाँ बिहानदेखि साँझसम्म स्थानीय बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सक्रिय रहनुभएको थियो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा तथा भावी योजनाबारे जानकारी गराउने उद्देश्यले उहाँ निरन्तर गाउँगाउँ-टोलटोलमा पुगिरहनुभएको छ । घरदैलोका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, कृषि र युवामुखी कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना समस्या तथा गुनासाहरू थापासमक्ष खुलस्त रूपमा राखेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने, ग्रामीण सडकहरूको स्तरोन्नति गर्नुपर्ने, खानेपानी व्यवस्थापनमा स...
आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न सुरु

आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न सुरु

Breaking News 2, समाचार
फागुन ४, आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक प्रचार-प्रसार सुरु भएको छ । मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यम मार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्था अनुसार फागुन १८ गते राति १२ बजेसम्म दल र उम्मेदवारहरूले प्रचार गर्न सक्नेछन् । निर्वाचन आयोग नेपालले आचारसंहिताको पूर्ण पालना गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्म गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन् । दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममार्फत विज्ञापन गर्न सक्नेछन् भने सभा-समारोहको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । साथै, सामाजिक सञ्जाल...
रैनादेवी छहरा-५ का सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

रैनादेवी छहरा-५ का सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २, पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ अन्तर्गतका विभिन्न टोलबस्तीका सयौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहेका नेता तथा कार्यकर्ताहरू एकैसाथ रास्वपामा प्रवेश गरेपछि क्षेत्रको राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ। रास्वपा पाल्पाका सभापति विष्णु भण्डारीका अनुसार उनीहरू परिवर्तनको सन्देशसहित पार्टीमा प्रवेश गरेका हुन्। उनले रैनादेवी छहरा क्षेत्रका जनताले नयाँ सोच, नयाँ संस्कार र उत्तरदायी नेतृत्व खोजिरहेको बताउँदै रास्वपामा बढ्दो आकर्षण त्यसैको संकेत भएको प्रतिक्रिया दिएका छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले पुराना दलबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै अब रास्वपामार्फत देशमा सकारात्मक रूपान्तरणको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, स...
पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
माघ २९, पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ भएको छ। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको हो । माघ २२ गतेदेखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ अवधिभर प्रमुख वाचक भिमलाल भट्टराईले संगीतपूर्ण शैलीमा शिवपुराण कथा वाचन गर्ने आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यले जानकारी दिए ।...
पाल्पा-२ मा रास्वपा उम्मेदवार डा.माधव थापाको घरदैलो अभियान तीव्र

पाल्पा-२ मा रास्वपा उम्मेदवार डा.माधव थापाको घरदैलो अभियान तीव्र

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९, पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार डा।माधव थापाले आफ्नो घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्रता दिनुभएको छ । गाउँ-गाउँ , टोल-टोलमा पुगेर मतदातासँग भेटेर संवाद गरिरहनुभएका थापाले यसपटक परिवर्तनका पक्षमा उभिन सबै मतदातालाई आग्रह गर्नुभएको छ । पछिल्ला केही दिनयता पाल्पाका विभिन्न वडाहरूमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ । घरदैलो अभियानका क्रममा डा.थापाले स्थानीय समस्या, विकासका सम्भावना तथा नागरिकका हरेक गुनासा चासोपूर्वक सुनुवाइ गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखी दीर्घकालीन योजना सहित अघि बढ्न...
पाल्पा-२ : पाण्डेय र विक मतदाता भेटघाटमा व्यस्त

पाल्पा-२ : पाण्डेय र विक मतदाता भेटघाटमा व्यस्त

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २८, पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी माहोल बढ्दै गएको छ । उम्मेद्वारहरू यतिखेर घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् । पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेय घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग आफ्ना चुनावी एजेन्डा र विकासका योजनाबारे जानकारी गराइरहेका छन् । उनले सही नेतृत्वको अभावमा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अबको सरकार सक्षम र दूरदर्शी हुनुपर्ने बताएका छन् । विकास निर्माणलाई गति दिन र देशलाई सही दिशामा अघि बढाउन मतदाताले सचेत निर्णय लिनुपर्ने उनको भनाइ छ । मतदातासँगको छलफलमा पाण्डेयले आफू नागरिकको सुख, दुःखमा सधैं साथमा रहेको र आगामी दिनमा निर्वाचित भए वा नभए पनि जनताको माग र आवश्यकताअनुसार अघि बढ्...
देश किन बिग्रियो ? दोषारोपण गर्नेहरू नै दोषी

देश किन बिग्रियो ? दोषारोपण गर्नेहरू नै दोषी

Breaking News 2, समाचार
माघ २७, आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू मतदाता भेट्न घरदैलोमा पुगेका छन् । तर विकासका योजना भन्दा पनि एक-अर्कामाथि दोष थोपर्ने क्रम तीव्र बनेको छ । देशको वर्तमान दुर्दशाका लागि मुख्य जिम्मेवार राजनीतिक दलहरू नै भएको आम बुझाइ छ । पटक-पटक सत्ता सम्हालेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले व्यवस्था परिवर्तन गरे पनि नागरिकको जीवनस्तर परिवर्तन गर्न सकेनन् । अपारदर्शी काम, नातावाद-कृपावाद र राज्य संयन्त्रको दुरुपयोगले समस्या झन् गहिरिएको देखिन्छ । अब देश सुधार्ने जिम्मेवारी पनि दलकै काँधमा छ । त्यसका लागि दलहरूले सत्ता र स्वार्थभन्दा माथि उठेर पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिनु अपरिहार्य छ । राजनीतिक दल आफैं सुध्रिए मात्र नागरिकको अवस्था बदलिन सक्छ ।...
संविधान र सुशासनका लागि निर्वाचन अपरिहार्य : पाण्डेय

संविधान र सुशासनका लागि निर्वाचन अपरिहार्य : पाण्डेय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
माघ २६, पूर्व मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का नेकपा उम्मेदवार सोमप्रसाद पाण्डेयले मुलुकमा संविधानको रक्षा, जनजीवन सुधारका माग पूरा र सुशासनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । बुटवलमा आयोजित मतदाता भेटघाट कार्यक्रममा पाण्डेयले निर्वाचन विथोल्ने प्रयासलाई गलत भएको भन्दै, फागुन २१ को निर्वाचनलाई मुलुकको नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे। उनले भ्रष्टाचार अन्त्य र समृद्धिका लागि सही नेतृत्व आवश्यक रहेको बताए। संविधानसभा सदस्य समेत रहेका पाण्डेयले भने, “देशमा हुन लागेको निर्वाचन सन्दर्भमा हामीले विशेष अभियानमा सही निर्णय लिनु हाम्रो जिम्मेवारी हो। विगतका दिनमा पुराना राजनीतिक दलले केही गल्तीहरू गरेका छन्। अब ती कमजोरी सुधारेर अघि बढ्नुपर्छ। यदि सुधार हुँदैन भने, चुनावमा भाग नलिनु उपयुक्त हुन्छ। नयाँका नाममा देखिएका गतिविधि बिना विचार र सिद्धान्त केही हुने व...
आजदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

आजदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
माघ २५, आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको हो । गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि सोही अभियानअन्तर्गत खोप लगाउन लागिएको हो । पाल्पामा पनि दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । पाल्पामा कक्षा ६ मा अध्ययनरत एक हजार ९ सय ९५ जना, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्या...
वन्यजन्तुबाट हुने हैरानी रोक्न नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता : पाण्डेय

वन्यजन्तुबाट हुने हैरानी रोक्न नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता : पाण्डेय

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
माघ २२, पाल्पा क्षेत्र नं.२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार सोम प्रसाद पाण्डेयले वन्यजन्तुबाट किसान र बस्तीमा हुने हैरानी रोक्न नीतिगत तथा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बगनासकाली गाउँ समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दिउँसो बाँदर र राति दुम्सी, बदेलजस्ता जनावरले पुर्‍याएको क्षतिबारे आफू सचेत रहेको बताए। पाण्डेयले कुमाल, दलित, आदिवासी जनजाति तथा पछि परेका समुदायको मौलिक पेशाको संरक्षण गर्दै आयआर्जनसँग जोड्ने पहल गर्ने पनि बताए। जनसमुदायबाट पाएको समर्थनले निर्वाचनमा विजयी हुने दाबी गर्दै उनले विगतमा अघि सारेका विकासका योजनालाई मूर्त रूप दिने बताए। कार्यक्रममा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज