माघ २२,
पाल्पा क्षेत्र नं.२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार सोम प्रसाद पाण्डेयले वन्यजन्तुबाट किसान र बस्तीमा हुने हैरानी रोक्न नीतिगत तथा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बगनासकाली गाउँ समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दिउँसो बाँदर र राति दुम्सी, बदेलजस्ता जनावरले पुर्याएको क्षतिबारे आफू सचेत रहेको बताए।
पाण्डेयले कुमाल, दलित, आदिवासी जनजाति तथा पछि परेका समुदायको मौलिक पेशाको संरक्षण गर्दै आयआर्जनसँग जोड्ने पहल गर्ने पनि बताए। जनसमुदायबाट पाएको समर्थनले निर्वाचनमा विजयी हुने दाबी गर्दै उनले विगतमा अघि सारेका विकासका योजनालाई मूर्त रूप दिने बताए।
कार्यक्रममा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ।