संविधान र सुशासनका लागि निर्वाचन अपरिहार्य : पाण्डेय

माघ २६,
पूर्व मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का नेकपा उम्मेदवार सोमप्रसाद पाण्डेयले मुलुकमा संविधानको रक्षा, जनजीवन सुधारका माग पूरा र सुशासनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

बुटवलमा आयोजित मतदाता भेटघाट कार्यक्रममा पाण्डेयले निर्वाचन विथोल्ने प्रयासलाई गलत भएको भन्दै, फागुन २१ को निर्वाचनलाई मुलुकको नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे। उनले भ्रष्टाचार अन्त्य र समृद्धिका लागि सही नेतृत्व आवश्यक रहेको बताए।

संविधानसभा सदस्य समेत रहेका पाण्डेयले भने, “देशमा हुन लागेको निर्वाचन सन्दर्भमा हामीले विशेष अभियानमा सही निर्णय लिनु हाम्रो जिम्मेवारी हो। विगतका दिनमा पुराना राजनीतिक दलले केही गल्तीहरू गरेका छन्। अब ती कमजोरी सुधारेर अघि बढ्नुपर्छ। यदि सुधार हुँदैन भने, चुनावमा भाग नलिनु उपयुक्त हुन्छ। नयाँका नाममा देखिएका गतिविधि बिना विचार र सिद्धान्त केही हुने वाला छैन।”

उनले आगामी सरकारको नेतृत्व सही नहुने हो भने मुलुकलाई ठूलो क्षति हुने भन्दै, विकास निर्माण र देशको नेतृत्वका लागि आम मतदाताले सचेत भएर मतदान गर्नुपर्ने बताए।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज