Breaking News 2

आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०८, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनी प्रणाली थप सक्रिय भएका कारण गएको एक हप्तादेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर हिजोअस्तिको तुलनामा कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।...
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०७, पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता भए सँगै यसको लागि जिम्मेवारी र निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई सबैले अनुरोध गरेका थिए । रामपुरलाई घोषणा गरे संगै जिल्लाका आठ ...
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
जेठ ०७ सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ। मंगलबार सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  ...
जीप पुग्दा स्थानीयबासीमा छायो खुशीयाली

जीप पुग्दा स्थानीयबासीमा छायो खुशीयाली

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, विचार, समाचार
जेठ ०४, पाल्पाको बहादुरपुरको माथिल्लो बेतेनीमा पहिलो पटक जीप पुगेको छ । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका स्थानीयबासीहरुमा खुशीयाली छाएको छ । बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१र०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् । मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९/०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०/०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्...
रोजगार संवाद कार्यक्रम सम्पन्न

रोजगार संवाद कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, विचार, समाचार
बैशाख २७, रोजगार सेवा केन्द्रको आयोजना , स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले बागलुङको बरेङ गाउँपालिकामा रोजगार संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमा सुचिकृत बेरोजगारहरुलाई विभिन्न सिपमुलक तालिम दिइने, निर्माण व्यवसायीसंग समन्वय गरी रोजगारी सिर्जना गर्ने, निःशुल्क र उचित बाँझो जग्गा लिजमा लिई उत्पादनमा जोड्दै रोजगार सिर्जना गर्ने, गाउँपालिकाका विभिन्न वनमा पाइने जडिबुटिको संकलन, प्रशोधनका लागि वनसङ्ग साझेदारी गरी रोजगार सिर्जना तथा बजारीकरण गरी राजश्व वृद्धि गर्ने, जस्ता महत्वपुर्ण निर्णय भएका छन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ पालिकाका अध्यक्ष, रोजगार संयोजक र सव–इन्जिनियरले दिएका थिए । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, क...
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
बैशाख २६, हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।...
उत्कृष्ट विद्यार्थीलाई पालिकाले गर्यो सम्मान

उत्कृष्ट विद्यार्थीलाई पालिकाले गर्यो सम्मान

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख २५, बागलुङको बरेङ गाउँपालिकाले २०८१ कक्षा ८ को नतिजामा उतीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थी, विद्यार्थीका अभिभावकहरु र उत्कृष्ट हुने २ विद्यालयलाई प्रोहत्सन स्वरुप पालिकाले नगद राशी र प्रमाणपत्रले सम्मान गरेको हो । यसै गरी बरेङ गाउँपालिका स्तरीय प्राथमिक तह कक्षा, आधारभूत तह र माध्यामिक तह (एसईई) परीक्षा २०८१ को सिकाई उपलव्धि मापन परिक्षामा उत्कृष्ट विद्यार्थी, विद्यार्थीका अभिभावक र विषय शिक्षकहरुलाई पनि सम्मान गरेको छ । परीक्षामा सहभागी विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याउन सफल भएका विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई प्रोहत्सान स्वरुप पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखाले सम्मान गरेको हो । गाउँपालिकाले यसरी सम्मान गर्दा नयाँ उर्जा तथा हौसला थपीएको विधार्थीहरुले बतााएका थिए ।...
पाल्पा आवासिय माविमा फुड फेस्टिवल

पाल्पा आवासिय माविमा फुड फेस्टिवल

Breaking News 2, लुम्बिनी, शिक्षा, समाचार
बैशाख २३, जिल्लाको संस्थागत विधालयमा पुरानो र स्थापित पाल्पा आवासिय माविले फुड फेस्टिवल कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आवासियले अतिरिक्त क्रियाकलाप अन्तरगत फुड फेस्टिवल कार्यक्रम गरेको हो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न खानाका परिकार सहितका स्टलहरू राखेका थिए । स्टलहरुमा पुगेर बिद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरुले फुड फेस्टिवलमा राखिएका बिभिन्न ३६ प्रकारका खानाका परिकारको स्वाद लिएका थिए । बिद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसीले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिदै अभिभावकसँग नियमित भेटघाट तथा अन्तरक्रि गर्दै बिद्यालयको शिक्षण क्रियाकलापलाई समय सापेक्ष अगाडि बढाइएको सो कार्यक्रममा बताउनु भएको थियो । त्यस्तै बिद्यालय संचालक समिति सदस्य शंकर प्रसाद शर्माले यस्ता अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुमा रचनात्मक ज्ञान सीपको...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २३, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा आज मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
उच्च सङ्ख्यामा नेपालमा पर्यटक भित्रिए

उच्च सङ्ख्यामा नेपालमा पर्यटक भित्रिए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २१, सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।    ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज