by Bihani Post
जेठ ०७
सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ। मंगलबार सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो।
उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।