Breaking News 1

पाल्पामा १०० जनामा डेंगु संक्रमण पुष्टि

पाल्पामा १०० जनामा डेंगु संक्रमण पुष्टि

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
साउन ५ , पाल्पामा यो वर्ष एक सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो। सक्रमित हुनेमा सबैभन्दा धेरै जुन महिनामा ३२ जना रहेका छन। यस्तै जुलाई महिनाको हालसम्म १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।...
पहिरोको कारण श्रीमानको मृत्यु , श्रीमती बेपत्ता

पहिरोको कारण श्रीमानको मृत्यु , श्रीमती बेपत्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ४, पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गएको पहिरोमा पुरिएका दम्पतीमध्ये ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको छ । प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, अत्यधिक वर्षाले पहिरो खस्दा उनीहरूको घर पूर्ण रूपमा पुरिएको थियो ।छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा अझै बेपत्ता छिन्, र खोजी कार्य जारी छ । स्थानीय बासिन्दा र डिमुवा तथा कुश्माबाट खटिएका सुरक्षाकर्मीहरू सक्रिय रूपमा उद्धारमा खटिएका छन्, यद्यपि लगातारको वर्षाका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा भने समयमै घरबाट हामफालेर ज्यान जोगाउन सफल भएकी छन् ।...
श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ३, जयराम सापकोटा । श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा तथा १७औं अधिवेशन तानसेन नगरपालिका–१, भुसलडाँडास्थित दुर्गा भवानी मन्दिर परिसरमा भव्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नं।१ का वडा सदस्य रामप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो। अधिवेशनमा संस्थाका कोषाध्यक्ष दिनेश सिंजालीले वार्षिक गतिविधि विवरण र करिब रु २,४७,२५६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा ममता आमा समूहकी निवर्तमान अध्यक्ष लिला देवी न्यौपाने, भुसलडाँडा टोल विकास संस्थाका अध्यक्ष जयराम सापकोटा र प्रमुख अतिथि भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो। अधिवेशनले चित्रकला न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। समितिमा उपाध्यक्षमा दिनेश सिंजाली, सचिवमा लक्ष्मी अधिकारी गैरे, उपसचिवमा ल...
आजको मौसम

आजको मौसम

Breaking News 1
साउन २, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३२, पाल्पाको तिनाउ-५, चर्चरे नजिकै गएको पहिरो व्यवस्थापन हुनँ नसक्दा सडक जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरे नजिकै डुम्रे खोलामा खसेको पहिरोको उचित व्यवस्थापन नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको हो । सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रे खोलादेखि खसेको पहिरो समयमै व्यवस्थापन हुन नसकेपछि एक महिनाएता राजमार्ग जोगाउन प्लास्टिक बिछ्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मत सुधारकोलागी भनी ६ महिनाअघि भगवती कन्ट्रक्सन बुटवललाई एक करोड ३१ लाख ६९ हजार रुपैँयामा ठेक्का दिइएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो रोक्नका लागि काम गर्दै गर्दा गाउँपालिकाबाट खोला क्षेत्रमा काम गर्न अनुमति नदिँदा समस्याले ठूलो रुप लिएको सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । सिद्धार्थ राजमार्ग अन्य क्षेत्रमा खासै समस्या नभएप...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार ३१, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार २९ आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको कारण बाढी, पहिरोको जोखिम भएको हुदाँ आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।  
रसुवामा आएको बाढीको कारण थाहा पाउँन समस्या

रसुवामा आएको बाढीको कारण थाहा पाउँन समस्या

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार २५, रसुवामा आएको बाढीको कारण थाहा पाउँन समस्या भएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू-उपग्रहको सहायताबाट तस्वीर लिन खोज्दा स्पष्ट नभएकाले बाढीको कारण पत्ता लाग्न नसकेको हो । विभागका अनुसार नेपाल र चीनको भू-भागमा अत्यधिक वर्षा नभए पनि रसुवामा रहेको नेपाल-चीन सीमामा रहेको "ल्हेन्दे" खोलामा बाढी आएको हो । बाढीविद्का अनुसार चीन तथा नेपालको भू-भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने बताएका छन् । तर बादलका कारण भू-उपग्रहको सहयोग लिन नसक्दा कारण यकिन गर्न नसकेको बाढीविद्ले जनाएका छन् । हिजो रसुवामा आएको बाढीका कारण फसेका नागरिकहरूको उद्धार र हराएकाहरूको खोजी कार्य आज पनि चलिरहेको छ । बाढीमा फसेकामध्ये एक सय ३६ जनालाई हेलिकप्टरमार्फत र डेढ सय जनाभन्दा धेरैलाई सुरक्षाकर्मीले बाटो बनाउँदै स्कर्टिङ गरेर सुरक्षित ठ...
देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार २३, अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको विभिन्न भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले पाल्पा आसपासका क्षेत्रमा मौसम सफा छ । तर दिउँसो देशका विभिन्न ठाउँ सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाश...
आज हरिशयनी एकादशी,घरघरमा तुलसीको विरुवा सारिदै

आज हरिशयनी एकादशी,घरघरमा तुलसीको विरुवा सारिदै

Breaking News 1, ट्रेन्डिङ, समाचार
असार २२, आज हरिशयनी एकादशी घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकाद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज