साउन ४,
पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गएको पहिरोमा पुरिएका दम्पतीमध्ये ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको छ ।
प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, अत्यधिक वर्षाले पहिरो खस्दा उनीहरूको घर पूर्ण रूपमा पुरिएको थियो ।छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा अझै बेपत्ता छिन्, र खोजी कार्य जारी छ ।
स्थानीय बासिन्दा र डिमुवा तथा कुश्माबाट खटिएका सुरक्षाकर्मीहरू सक्रिय रूपमा उद्धारमा खटिएका छन्, यद्यपि लगातारको वर्षाका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।
उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा भने समयमै घरबाट हामफालेर ज्यान जोगाउन सफल भएकी छन् ।