रसुवामा आएको बाढीको कारण थाहा पाउँन समस्या

असार २५,
रसुवामा आएको बाढीको कारण थाहा पाउँन समस्या भएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू-उपग्रहको सहायताबाट तस्वीर लिन खोज्दा स्पष्ट नभएकाले बाढीको कारण पत्ता लाग्न नसकेको हो ।

विभागका अनुसार नेपाल र चीनको भू-भागमा अत्यधिक वर्षा नभए पनि रसुवामा रहेको नेपाल-चीन सीमामा रहेको “ल्हेन्दे” खोलामा बाढी आएको हो । बाढीविद्का अनुसार चीन तथा नेपालको भू-भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने बताएका छन् । तर बादलका कारण भू-उपग्रहको सहयोग लिन नसक्दा कारण यकिन गर्न नसकेको बाढीविद्ले जनाएका छन् ।

हिजो रसुवामा आएको बाढीका कारण फसेका नागरिकहरूको उद्धार र हराएकाहरूको खोजी कार्य आज पनि चलिरहेको छ । बाढीमा फसेकामध्ये एक सय ३६ जनालाई हेलिकप्टरमार्फत र डेढ सय जनाभन्दा धेरैलाई सुरक्षाकर्मीले बाटो बनाउँदै स्कर्टिङ गरेर सुरक्षित ठाउँमा पुर्‍याएको रसुवा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज