असार ३२,
पाल्पाको तिनाउ-५, चर्चरे नजिकै गएको पहिरो व्यवस्थापन हुनँ नसक्दा सडक जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरे नजिकै डुम्रे खोलामा खसेको पहिरोको उचित व्यवस्थापन नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको हो ।
सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रे खोलादेखि खसेको पहिरो समयमै व्यवस्थापन हुन नसकेपछि एक महिनाएता राजमार्ग जोगाउन प्लास्टिक बिछ्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मत सुधारकोलागी भनी ६ महिनाअघि भगवती कन्ट्रक्सन बुटवललाई एक करोड ३१ लाख ६९ हजार रुपैँयामा ठेक्का दिइएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पहिरो रोक्नका लागि काम गर्दै गर्दा गाउँपालिकाबाट खोला क्षेत्रमा काम गर्न अनुमति नदिँदा समस्याले ठूलो रुप लिएको सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।
सिद्धार्थ राजमार्ग अन्य क्षेत्रमा खासै समस्या नभएपनि चर्चरे क्षेत्रमा समस्या थपिएको छ । यो वर्ष त्यस क्षेत्रमा पहिरो गए माथिल्लो भागबाट समेत सडक बनाउन सक्ने अवस्था रहेको देखीदैन ।