श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

साउन ३,
जयराम सापकोटा ।

श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा तथा १७औं अधिवेशन तानसेन नगरपालिका–१, भुसलडाँडास्थित दुर्गा भवानी मन्दिर परिसरमा भव्य रुपमा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष मञ्जु गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नं।१ का वडा सदस्य रामप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो। अधिवेशनमा संस्थाका कोषाध्यक्ष दिनेश सिंजालीले वार्षिक गतिविधि विवरण र करिब रु २,४७,२५६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा ममता आमा समूहकी निवर्तमान अध्यक्ष लिला देवी न्यौपाने, भुसलडाँडा टोल विकास संस्थाका अध्यक्ष जयराम सापकोटा र प्रमुख अतिथि भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो।

अधिवेशनले चित्रकला न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। समितिमा उपाध्यक्षमा दिनेश सिंजाली, सचिवमा लक्ष्मी अधिकारी गैरे, उपसचिवमा लक्ष्मी भण्डारी, कोषाध्यक्षमा मिना हमाल र सह–कोषाध्यक्षमा अम्बिका भट्टराई चयन हुनुभएको छ।

कार्यक्रम संस्थाकी सदस्य पेमा (न्यौपाने) अर्यालले स्वागत गर्नुभएको थियो भने संचालन उपाध्यक्ष दिनेश सिंजालीले गर्नुभएको थियो।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज