Breaking News 1

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

Breaking News 1, लुम्बिनी, समाचार
साउन २९, देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। पछिल्लो ६ घण्टामा डोटी, बाजुरा, अछाम र भोजपुरमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराई आसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्।...
मनसुन सक्रिय भएको हुदाँ देशभर भारी वर्षा

मनसुन सक्रिय भएको हुदाँ देशभर भारी वर्षा

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २८, मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले अहिले देशभर भारी वर्षा भइरहेको छ । आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी, कर्णाली, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सर्तकता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।  ...
मनसुनको न्यूनचापीय रेखा तराई नजिक

मनसुनको न्यूनचापीय रेखा तराई नजिक

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २७, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ। आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशलगायत कोसी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भु-भागमा मध्यम देखी भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सर्तकता अपनाउनुुहुन महाशाखाले अनुरोध गरेको छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, कर्णाली, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २५, देशभर मौसम सामान्यतय बदली रहेको छ । अहिले बागमती प्रदेशका केही र कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती , गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।...
पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग

पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
सााउन २२, रामपुरमा कालीगण्डकी नदी किनारमा पैदलमार्ग निर्माण भएको छ । कालीगण्डकीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वलाई जोगाउँदै पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग निर्माण गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वडा नं. १ को स्याउली बजारदेखि विभिन्न धार्मिक तथा पर्यटकीय स्थल हुँदै वडा नं. १० को बालासिद्ध मन्दिरसम्म ३४ किलोमिटर लम्बाइको ट्र्याक खोली गत वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा दुई हजार ५६७ मिटर ढुङ्गा तथा इँटा राखेर पैदलमार्ग निर्माण गरिएको रामपुर नगरपालिकाले जनाएको छ । कालीगण्डकी नदी किनारमा पैदलमार्ग निमार्ण भइसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बाक्लो उपस्थीति रहने सम्भावना देखिन्छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २१, देशभर विभिन्न स्थानमा पानी पर्ने क्रम आज पनि जारी नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी ,लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा अधिकांश बदली रहनेछ । लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशको केही स्थानमा आशिंक तथा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।...
तोलामा सुनको मुल्य झन्डै दुई लाख नजिक पुग्यो

तोलामा सुनको मुल्य झन्डै दुई लाख नजिक पुग्यो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
साउन २०, एक तोला सुनको मूल्य झन्डै दुई लाख नजिक पुगेको छ। आज १९ सय रुपैयाँले बढ‍ेर एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको हो। मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
भोली देखी मौसममा सुधार

भोली देखी मौसममा सुधार

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन १९, हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् बताएका छन् । देशका धेरैजसो ठाउँमा पानी परेपछि धान रोप्न बाँकी रहेका खेतहरूमा रोपाइँ भइरहेको छ । धान रोपिसकेका किसानलाई पनि सिँचाइको राहत पुगेको छ । मौसमविद्का अनुसार तराई मधेशमा भोलिदेखि घाम लाग्ने सम्भावना छ । पहाडी क्षेत्रमा भने भोलि पनि सामान्य वर्षाको सम्भावना छ ।  ...
अबको ३ दिनसम्म नै मनसुन सक्रिय रहने

अबको ३ दिनसम्म नै मनसुन सक्रिय रहने

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १८, जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कडेलले जानकारी दिएका छन् । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ...
कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च

कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च

Breaking News 1, लुम्बिनी
साउन १८, लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । नदीको बहाब बढेपछि पर्वतका बगरफाँट, वारीबेनी, मालढुङ्गा, जैमिनीघाटलगायतका तटीय क्षेत्र जोखिममा परेका छन् । विश्वकै ठूलो शालिग्राम शिला र आसपासका संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन समेत बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिए पनि बाढीको कारण पर्वत, स्याङ्जा र गुल्मीको सीमावर्ती सेतीवेणी बजार डुबानको उच्च जोखिममा परेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज