मनसुन सक्रिय भएको हुदाँ देशभर भारी वर्षा

साउन २८,
मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले अहिले देशभर भारी वर्षा भइरहेको छ । आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी, कर्णाली, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सर्तकता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज