by Bihani Post
साउन २१,
देशभर विभिन्न स्थानमा पानी पर्ने क्रम आज पनि जारी नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी ,लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा अधिकांश बदली रहनेछ । लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशको केही स्थानमा आशिंक तथा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।