भोली देखी मौसममा सुधार

साउन १९,
हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् बताएका छन् ।

देशका धेरैजसो ठाउँमा पानी परेपछि धान रोप्न बाँकी रहेका खेतहरूमा रोपाइँ भइरहेको छ । धान रोपिसकेका किसानलाई पनि सिँचाइको राहत पुगेको छ । मौसमविद्का अनुसार तराई मधेशमा भोलिदेखि घाम लाग्ने सम्भावना छ । पहाडी क्षेत्रमा भने भोलि पनि सामान्य वर्षाको सम्भावना छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज