साउन २५,
देशभर मौसम सामान्यतय बदली रहेको छ । अहिले बागमती प्रदेशका केही र कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती , गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।