सााउन २२,
रामपुरमा कालीगण्डकी नदी किनारमा पैदलमार्ग निर्माण भएको छ । कालीगण्डकीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वलाई जोगाउँदै पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग निर्माण गरिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वडा नं. १ को स्याउली बजारदेखि विभिन्न धार्मिक तथा पर्यटकीय स्थल हुँदै वडा नं. १० को बालासिद्ध मन्दिरसम्म ३४ किलोमिटर लम्बाइको ट्र्याक खोली गत वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा दुई हजार ५६७ मिटर ढुङ्गा तथा इँटा राखेर पैदलमार्ग निर्माण गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।
कालीगण्डकी नदी किनारमा पैदलमार्ग निमार्ण भइसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बाक्लो उपस्थीति रहने सम्भावना देखिन्छ ।