समाचार

आज सुदूरपश्चिमबाहेक देशका अधिकांश प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

आज सुदूरपश्चिमबाहेक देशका अधिकांश प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

समाचार
माघ २५, आज सुदूरपश्चिम बाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । तराइ क्षेत्रमा दिउँसोसम्म नै हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  ...
गुल्मीको सत्यवतीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, २६ जनाको सफल उपचार

गुल्मीको सत्यवतीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, २६ जनाको सफल उपचार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
माघ २५, गुल्मीको सत्यवती गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। माघ २१ र २२ गते जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा ३७४ जनाको आँखा परीक्षण तथा उपचार गरिएको थियो भने २६ जना मोतियाबिन्दुका बिरामीको सफलतापूर्वक निःशुल्क शल्यक्रिया गरिएको छ। शिविर सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको सहकार्यमा सम्पन्न भएको थियो ।...
आजदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

आजदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
माघ २५, आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको हो । गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि सोही अभियानअन्तर्गत खोप लगाउन लागिएको हो । पाल्पामा पनि दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।  माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । पाल्पामा कक्षा ६ मा अध्ययनरत एक हजार ९ सय ९५ जना, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्या...
चुनाव एकै दिनमा हुने: प्रधानमन्त्री कार्की

चुनाव एकै दिनमा हुने: प्रधानमन्त्री कार्की

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
माघ २२, प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते एकै दिनमा हुने बताएकी छन्। भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनाव एकै पटक हुने स्पष्ट पारिन्।    
वन्यजन्तुबाट हुने हैरानी रोक्न नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता : पाण्डेय

वन्यजन्तुबाट हुने हैरानी रोक्न नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता : पाण्डेय

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
माघ २२, पाल्पा क्षेत्र नं.२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार सोम प्रसाद पाण्डेयले वन्यजन्तुबाट किसान र बस्तीमा हुने हैरानी रोक्न नीतिगत तथा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बगनासकाली गाउँ समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दिउँसो बाँदर र राति दुम्सी, बदेलजस्ता जनावरले पुर्‍याएको क्षतिबारे आफू सचेत रहेको बताए। पाण्डेयले कुमाल, दलित, आदिवासी जनजाति तथा पछि परेका समुदायको मौलिक पेशाको संरक्षण गर्दै आयआर्जनसँग जोड्ने पहल गर्ने पनि बताए। जनसमुदायबाट पाएको समर्थनले निर्वाचनमा विजयी हुने दाबी गर्दै उनले विगतमा अघि सारेका विकासका योजनालाई मूर्त रूप दिने बताए। कार्यक्रममा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ।...
सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन : गगन थापा

सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन : गगन थापा

Breaking News 1, ट्रेन्डिङ, समाचार
माघ २२, नेपाली काँग्रेसका नेता गगन थापाले सत्तामा पुग्न वा टिक्नका लागि पार्टीले जोसँग पनि मिल्ने काम नगर्ने बताएका छन्। एक भिडियो सन्देशमार्फत उनले बदलिएको काँग्रेसले राष्ट्रहितलाई पार्टी हितभन्दा माथि राख्ने र सिद्धान्तसँग सम्झौता गर्नु परे सरकार बाहिर बस्न पनि तयार रहने स्पष्ट पार्दै काँग्रेस ‘इलेक्सन मेसिन’ मात्र नभएको उनले जनाएका छन् ।...
भ्रामक प्रचार रोक्न निर्वाचन आयोग र टिकटकबीच सम्झौता

भ्रामक प्रचार रोक्न निर्वाचन आयोग र टिकटकबीच सम्झौता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
माघ २१, निर्वाचन आयोग र टिकटकबीच सम्झौता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी भ्रामक प्रचार रोक्न दुई पक्षबीच समझदारी भएको हो ।  
तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
माघ २१, नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।  
रवि र बालेनबीच सहमति

रवि र बालेनबीच सहमति

Breaking News 1, समाचार
पुस १३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सहमति भएको छ । उनीहरुबीच आगामी निर्वाचनमा मिलेर जानेबारे सहमति भएको हो । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । साथै, रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने उल्लेख छ ।...
स्ववियुद्वारा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

स्ववियुद्वारा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
पुस १०, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्ववियुको आयोजनामा विभिन्न सङ्कायका प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कार्यक्रम स्ववियु अध्यक्ष मिलन घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासित भई अध्ययनमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिहरू तथा क्याम्पसका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो। उत्प्रेरणामूलक वक्ता रमेश अर्यालले जीवन सफलताका सूत्रहरू प्रस्तुत गर्नुभयो। विद्यार्थीहरूलाई टीका, पुष्पगुच्छा र उपहार प्रदान गर्दै शब्द, सिर्जना, सङ्गीत तथा नृत्यमार्फत स्वागत गरिएको थियो।    ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज