माघ २५, आज सुदूरपश्चिम बाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । तराइ क्षेत्रमा दिउँसोसम्म नै हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।