समाचार

स्ववियु चुनाव: ११ वटा क्याम्पसमा अवरुद्ध

स्ववियु चुनाव: ११ वटा क्याम्पसमा अवरुद्ध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०२ विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)चुनावको प्रक्रिया अवरुद्ध भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो । काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाण्डौ बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्देश...
सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत्र ०१ नेपालले हङकङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए। पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्। हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।...
अमेरिकी विमानमा आगलागी

अमेरिकी विमानमा आगलागी

समाचार
चैत्र ०१ अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ‘इन्जिन कम्पन’ रिपोर्ट गरेपछि अवतरण गरेको थियो । अवतरण पछि र गेटमा ट्याक्सी चढ्ने क्रममा एउटा इन्जिनमा आगो लागेको बताएको छ । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले विमान गेट सी ३८ मा आइपुग्दा आगो लागेको बताएका छन् ।घटनास्थलका तस्बिरहरूले धुवाँ हावा भरिएको अवस्थामा दर्जनौं यात्रुहरू विमानबाट बाहिर निस्किरहेको र पखेटामा उभिरहेको देखिएको छ । घटनामा छ जना यात्रुहरूलाई अस्पताल लगिएको बताइएको छ ।...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ, ब्यापार, समाचार
चैत्र ०१ आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यो भन्दा अघि उच्च मूल्य कायम हुँदा गत फागुन १३ गते तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ थियो ।    ...
तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
चैत्र १ तराई-मधेशमा आज होली पर्व मनाइँदै छ । हिजो बिहीबार पहाडी तथा हिमाली भेगमा फागुपूर्णिमा (होली पर्व) मनाइयो । फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा रहेको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ । पहाडी जिल्लामा होली पर्वका लागि बिहीबार सार्वजनिक बिदा दिइएको थियो भने तराई का जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
फागुन ३० देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत बाँकी भू–भागमा मौसम सफा रहनेछ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।...
मलेसियामा लुकीछिपी काम गरेका तीन नेपाली निष्कासित

मलेसियामा लुकीछिपी काम गरेका तीन नेपाली निष्कासित

समाचार
फागुन २९ मलेसियामा अवैधरूपमा काम गरिरहेका तीन जना नेपाली निष्कासित भएका छन । मलेसियाको अध्यागमन प्रहरीले उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरेको हो ।  निष्कासन पर्नेमा ओली, आले र गोतामे थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई यसै साता मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जनाएको छ । उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूसँग सोधपुछ गरी केही दिन नियन्त्रणमा राखेर नेपाल निष्कासन गरिएको स्रोतको भनाइ छ।...
मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार, स्वास्थ्य
फागुन २९ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अरू रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको ज्यान जाने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताउनुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा आयोजित चेतनामूलक र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै डा. कायस्थले सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने बताउनुभयो । बेलाबेलामा मिर्गौलाको परीक्षण गर्न उहाँको आग्रह छ । यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मिर्गौलामा पनि समस्या देखिने गरेको भन्दै मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्न आग्रह गर्नुभयो । डाक्टरहरूका अनुसार नियमित रूपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित खाना खाँदा व्यक्तिको तौल नियन्त्रण भई उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्...
यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
फागुन २९ राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ देखि हुने परीक्षामा पाँच लाख आठ हजार तीन सय नब्बे विद्यार्थीले परीक्षा दिने जानकारी दिंदै सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जनाएको छ । यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३३ हजार र ग्रेड वृद्धितर्फ ७५ हजार २४५ परिक्षार्थी सहभागी हुने भएका छन् । यसका लागि २७९ वटा परीक्षा केन्द्र तय भएको जनाइएकोे छ । यसका साथै यो बर्षदेखि सुधार गृहबाटै परीक्षा लिइने व्यवस्था पनि मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । चैत १९ सम्म परीक्षा सञ्चालन हुनेछ ।  ...
अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २८ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुको उपस्थीतिमा अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक तम्घासमा सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुले पार्टीले लिएको नीतिलाई अवलम्वन गर्दै गाउँसम्म जानुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला संयोजक गीता थापाको अध्यक्षतामा भएको बैठकले आगामी चैत २० मा नेपालगञ्जमा हुने लुम्बिनी प्रदेशको सम्मेलनलाई सफल बनाउनका लागि प्रचार-प्रसार गर्ने र जिल्लाबाट ६० जना प्रतिनिधि पठाउने निर्णय भएको हो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज