मलेसियामा लुकीछिपी काम गरेका तीन नेपाली निष्कासित

फागुन २९
मलेसियामा अवैधरूपमा काम गरिरहेका तीन जना नेपाली निष्कासित भएका छन । मलेसियाको अध्यागमन प्रहरीले उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरेको हो ।  निष्कासन पर्नेमा ओली, आले र गोतामे थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई यसै साता मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जनाएको छ । उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूसँग सोधपुछ गरी केही दिन नियन्त्रणमा राखेर नेपाल निष्कासन गरिएको स्रोतको भनाइ छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज