समाचार

डुम्रे दुग्ध कृषि सहकारी संस्थाले दुग्धजन्य पदार्थ विक्री पसल उदघाटन गर्यो

डुम्रे दुग्ध कृषि सहकारी संस्थाले दुग्धजन्य पदार्थ विक्री पसल उदघाटन गर्यो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ११, जयराम सापकोटा डुम्रे दुग्ध कृर्षि सहकारी संस्था लिमिटेडले, तानसेन १ भुसलडाँडाडा मिशन हस्पिटलको तल्लो गेट अगाडी एक समारोह विच आफ्नो दुघ तथा दुग्ध जन्य पदार्थ विक्री पसलको समुदघाटन सम्पन्न गरेको छ । तानसेन नगरपालिका वडा नं १ का वडाध्यक्ष सुनिल कुमार वस्यालले दिप प्रज्वलन गरि रीवन काटी, व्यानर पढेर उदघाट गर्नु भएको कार्यक्रममा वोल्दै कृषकहरुले उत्पादन गरेको दुध सिधै उपभोक्ता माझ पुर्याउने उदेस्य राखी संचालन गरेको यस डुम्रे दुध र दुग्ध जन्य पदार्थको विक्री पसलले सँधै उपभोक्ताको मन जित्त्दै प्रगतिको दिशामा अघि वढन सकोस भन्दै आफ्नो र वडावासीको तर्फवाट शुभकामना दिनु भएको थियो । यसै गरि कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जिल्ला सहकारी संघका अध्यक्ष राम जि प्रसाद घिमिरेले यो दुग्ध कृषि सहकारी सँस्थाले २०५१ साल देखि जिल्लामा आफ्नो संस्था दर्ता गरि हाल सम्म गुणस्तरिय दुध,दहि,घ्यु, पनिर, खु...
आज रास्वपाको बैठक बस्दै

आज रास्वपाको बैठक बस्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
जेठ ११, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोकेन्द्रीय समिति बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टीकार्यालयले जनाएको छ । बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुने बताइएको छ ।...
महिलाहरुको लागी भाषण कला तालिम सञ्चालन

महिलाहरुको लागी भाषण कला तालिम सञ्चालन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ९, बागलुङको बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबाँस्कोट बरेङमा आज देखी ३ दिने महिलाहरुको लागी क्षमता वृद्धि, उद्घोषण तथा भाषण कला तालिम सुरु भएको छ । ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइने भएको हो । महिलाहरू आफूमा भएको बोल्ने बानीको कमजोरीलाई विकास गर्नका लागि वडा नं.१ धुल्लुबाँस्कोटको आयोजना तथा लेखन नेपाल मिडिया प्रा.लि.को सहजिकरणमा महिलाहरुको लागी उद्घोषण, भाषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम बरेङ सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना,तथा कार्यक्रम अनुसार विनियोजित वजेटबाट कायर्सक्रमको आयोजना गरिएको वडा नं.१ का वडा अध्यक्ष नरसेङ पुनले जानकारी दिएका छन् । भने तालिम यही जेठ ११ गते समापन हुनेछ ।  ...
बागलुङको बरेङ पालिकालाई आज पूर्णखोप तथा दिगोपना घोषणा गरिदैं

बागलुङको बरेङ पालिकालाई आज पूर्णखोप तथा दिगोपना घोषणा गरिदैं

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ ०८, “स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बागलुङको बरेङ गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिने भएको छ । गाउँपालिकाको सभाहलमा गण्डकी प्रदेश सरकार स्वास्थ मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा हुन गैरहेको बरेङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपन घोषणा कार्यक्रममा सहभागी हुन गाउँपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी सम्पूर्णमा उपस्थीत हुन पालिकाले आग्रह गरेको छ । बरेङ गाउँपालिकामा शून्य देखी १५ महिनाका १ सय ३६ जना बालवालिकाहरुले हालसम्म निरन्तर आवश्यक खोप लिई रहेका छन् भने १६ महिना देखि ५९ महिनाका बालवालिकाहरु ५ सय ९ जनाले खोप लगाएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने भएको हो ।...
पूर्वखोलामा स्वास्थ्य शिविर : चार सय बढीले लिए सेवा

पूर्वखोलामा स्वास्थ्य शिविर : चार सय बढीले लिए सेवा

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०८, पाल्पाको पूर्वखोला गाउँपाकिाले संचालन गरेको एक दिने स्वास्थ्य शिविरमा ४ सय ५४ जनाले सेवा लिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा पूर्वखोला गाउँपालिकाको समन्वयमा चलेको विशेषज्ञसहितको शिविरमा तीन सय ५ महिला तथा एक सय ४६ जना पुरुषले सेवा लिएका हुन् । एक दिने शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, छाला तथा यौन रोग, दाँत तथा मुख स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । जसमा छालाका विरामी एक सय २४ जना , मानसिक रोगी ४४ जना, महिला तथा प्रसूति रोगी ६६ जना, जनरल फिजिसियन एक सय ८२ र दत्त रोगी एक सय ५४ जनाले सेवा लिएको पालिकाले जनाएको छ । शिविरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रत्यक्ष निगरानी तथा विरामाीसंग भेटघाट गर्दै नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा प्रदेश सरकार गम्भीर रहेको बताए। उनले खानपान र जीवनशैली सुधार ...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०८, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनी प्रणाली थप सक्रिय भएका कारण गएको एक हप्तादेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर हिजोअस्तिको तुलनामा कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।...
नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०७, धातानन्द शर्मा गैरे पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा तानसेन १ गैरागाउँमा ‘सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी स्वास्थ्यमन्त्री कार्यक्रम’सम्पन्न भएको छ । प्रमुख अतिथि सुनिल बस्यालले ब्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । कार्यक्रमका अध्यक्ष पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनका निमित्त प्रमुख माधव बस्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नसर्ने रोगको मृत्युदर ७० प्रतिशत पुगेकाले यसको प्रकोप भयावह भएको र प्रकोप घट्नुको सट्टा अझ बृध्दि भइरहेको छ भन्नुभयो । उच्चरक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग, थाइराइड, श्वासप्रश्वासलगायतका नसर्ने रोगको प्रकोपको प्रमुख कारण हाम्रो खानपान र जीवनशैली भएकोले रोगलाई न्यूनीकरण गर्न स्वच्छ पोषणयुक्त भोजन, योग, ध्यान, व्यायामका माध्यमबाट सक्रिय जीवनशैली अपनाएर रोगलाई टाढै राख्नुपर्छ पर्छ भन्नुभयो । भान्स...
पोषणमैत्री पालिका बन्यो पूर्वखोला गाउँपालिका

पोषणमैत्री पालिका बन्यो पूर्वखोला गाउँपालिका

समाचार
जेठ ०७, पूर्वखोला गाउँपालिका पाल्पाको स्वास्थ्य संस्था पोषणमैत्री भएका छन् । रिङ्नेरह, बीरकोट, देवीनगर, हेक्लाङ, जल्पा, सिलुवा स्वास्थ्य चौकी पोषणमैत्री भएसँगै पूर्वखोला पोषणमैत्री पालिका बनेको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले पूर्वखोला गाउँपालिका–१, सिलुवा र २ जल्पा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै सिङ्गगो पालिका नै पोषणमैत्री स्वास्थ्यसंस्था भएको पालिका बनेको बताए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतले वडा कार्यालय र स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गर्दै सबै स्वास्थ्य संस्था पोषणमैत्री भएको घोषणा गरे...
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०७, पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता भए सँगै यसको लागि जिम्मेवारी र निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई सबैले अनुरोध गरेका थिए । रामपुरलाई घोषणा गरे संगै जिल्लाका आठ ...
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
जेठ ०७ सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ। मंगलबार सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज