बागलुङको बरेङ पालिकालाई आज पूर्णखोप तथा दिगोपना घोषणा गरिदैं

जेठ ०८,
“स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बागलुङको बरेङ गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिने भएको छ ।

गाउँपालिकाको सभाहलमा गण्डकी प्रदेश सरकार स्वास्थ मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा हुन गैरहेको बरेङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपन घोषणा कार्यक्रममा सहभागी हुन गाउँपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी सम्पूर्णमा उपस्थीत हुन पालिकाले आग्रह गरेको छ ।

बरेङ गाउँपालिकामा शून्य देखी १५ महिनाका १ सय ३६ जना बालवालिकाहरुले हालसम्म निरन्तर आवश्यक खोप लिई रहेका छन् भने १६ महिना देखि ५९ महिनाका बालवालिकाहरु ५ सय ९ जनाले खोप लगाएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने भएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज