जेठ ९,
बागलुङको बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबाँस्कोट बरेङमा आज देखी ३ दिने महिलाहरुको लागी क्षमता वृद्धि, उद्घोषण तथा भाषण कला तालिम सुरु भएको छ । ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइने भएको हो ।
महिलाहरू आफूमा भएको बोल्ने बानीको कमजोरीलाई विकास गर्नका लागि वडा नं.१ धुल्लुबाँस्कोटको आयोजना तथा लेखन नेपाल मिडिया प्रा.लि.को सहजिकरणमा महिलाहरुको लागी उद्घोषण, भाषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम बरेङ सञ्चालन हुने भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना,तथा कार्यक्रम अनुसार विनियोजित वजेटबाट कायर्सक्रमको आयोजना गरिएको वडा नं.१ का वडा अध्यक्ष नरसेङ पुनले जानकारी दिएका छन् । भने तालिम यही जेठ ११ गते समापन हुनेछ ।