पूर्वखोलामा स्वास्थ्य शिविर : चार सय बढीले लिए सेवा

जेठ ०८,
पाल्पाको पूर्वखोला गाउँपाकिाले संचालन गरेको एक दिने स्वास्थ्य शिविरमा ४ सय ५४ जनाले सेवा लिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा पूर्वखोला गाउँपालिकाको समन्वयमा चलेको विशेषज्ञसहितको शिविरमा तीन सय ५ महिला तथा एक सय ४६ जना पुरुषले सेवा लिएका हुन् । एक दिने शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, छाला तथा यौन रोग, दाँत तथा मुख स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । जसमा छालाका विरामी एक सय २४ जना , मानसिक रोगी ४४ जना, महिला तथा प्रसूति रोगी ६६ जना, जनरल फिजिसियन एक सय ८२ र दत्त रोगी एक सय ५४ जनाले सेवा लिएको पालिकाले जनाएको छ ।

शिविरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रत्यक्ष निगरानी तथा विरामाीसंग भेटघाट गर्दै नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा प्रदेश सरकार गम्भीर रहेको बताए। उनले खानपान र जीवनशैली सुधार गरी आफ्नो स्वास्थ्यमा सचेत हुन सबैमा आग्रह पनि गरे । पालिकाभित्रका नागरिकहरुले विशेषज्ञसहितको स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरण गरी नागरिकको स्वास्थ्यमा स्थानीय सरकारले समन्वात्मक भूमिका खेलेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले स्पष्ट पारे ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज