समाचार

आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १६, मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी , तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ ।  ...
रास्वपाको बैठक बस्दै

रास्वपाको बैठक बस्दै

समाचार
भदौ १५. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ः३० बजे बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बैठक बस्ने भएको हो । बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १५, हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

खेलकुद, ताजा अपडेट, समाचार
भदौ १४, नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ । हिजो बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भयो ।  
गौरादेवीलाई घरघरमा भित्र्याइँदै

गौरादेवीलाई घरघरमा भित्र्याइँदै

समाचार
भदौ १४ , सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । ‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।  ...
महिला सिडियो

महिला सिडियो

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
भदौ १४, पाल्पाले पहिलो पटक महिला सिडियो पाएको छ । सिडियो बिनु बज्राचार्य कुँवरले पदभार ग्रहण गर्दै सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई प्राथमिकता दिने बताएकी छिन्। सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भएर बज्राचार्य जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् ।  ...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १४, मौसम पूर्वानुमान महाशाखाका अनुराार आज देशभर मौसम साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिण तथा पश्चिम आसपास छ।...
 लामिछानेले दिए उच्च अदालतमा निवेदन

 लामिछानेले दिए उच्च अदालतमा निवेदन

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ ९, सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनले उच्च अदालतमा निवेदन दिएका हुन् । लामिछानेले आफ्नो भागको बिगो बराबर धरौटी बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका हुन् ।  ...
सुटकेसमा शव, एक जना पक्राउ

सुटकेसमा शव, एक जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ९, रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेसमा फेला परेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको परिचय खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आजको मौसम

आजको मौसम

Breaking News 1, लुम्बिनी, समाचार
भदौ ९, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव छ। हाल देशका अधिकांश स्थानमा बदली रही गण्डकी, लुम्बिनी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिनभर देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम, केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम तराई भू-भागमा हावाहुरी चल्ने संभावना पनि रहेको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज