Author: Bihani Post

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २२ नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

समाचार
फागुन २२ सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो । यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिँदा हटाउने प्रक्रिया अघि बढाएको थियो । कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।...
घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक

घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक

अर्थ, शेयर बजार
फागुन २२ अमेरिकी डलरको भाउ पछिल्ला केही दिन लगातार घटेको छ । १४० भन्दा माथी पुगेको युरोको खरिद-बिक्री मूल्य घटेर १३८ मा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको आजको खरिदर मूल्य १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलरको खरिद मूल्य १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा रहेको थियो । अमेरिकी डलरको भाउ लगातार घट्दा आज युरोपियन युरो भने बढेको छ । युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
फागुन २२ आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चारदेशीय टी–२० शृङ्खला खेल्न युगान्डा जाने नेपाली महिला टोलीको बिदाइ

चारदेशीय टी–२० शृङ्खला खेल्न युगान्डा जाने नेपाली महिला टोलीको बिदाइ

खेलकुद
फागुन २१ युगान्डामा हुने ‘वुमन्स डे’ कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्पी लामा लगायतका प्रतिनिधि सहभागी थिए । नेपाली टोलीकी कप्तान इन्दु बर्माले राम्रो क्रिकेट खेलेर फर्किने प्रतिक्रिया दिएकी छिन् । यही फागुन २४ गतेदेखि चैत ३ गतेसम्म हुने चारदेशीय प्रतियोगितामा नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी छिन् । डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताका लागि नेपाली टोली घोषणा भइसकेको छ । नेपालले आउँदो शनिवार नामिबियासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।...
सेयर बजारमा गिरावट जारी : नेप्से २५ अंकले घट्यो

सेयर बजारमा गिरावट जारी : नेप्से २५ अंकले घट्यो

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
फागुन २१ बुधबारको सेयर बजारमा नेप्से परिसूचक २५.१६ अंक घटेर २८२१ अंकमा पुगेको छ। यो गिरावटसँगै बजारको कारोबार रकम १० अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको १२ अर्ब ९४ करोड रुपैयाँको कारोबारभन्दा कम हो। यसरी तीन दिनदेखि लगातार बजारमा गिरावट आइरहेको छ, जसमा कुल ६९ अंकको गिरावट आएको छ। बुधबार ६२ कम्पनीहरूको मूल्यमा वृद्धि भएको भएता पनि १७४ कम्पनीको मूल्य घटेको छ। व्यापार बाहेक सबै क्षेत्र घटेका छन्। व्यापार क्षेत्रले मात्र ०.४३ प्रतिशतको वृद्धि देखाएको छ।बैंकिङ, विकास बैंक, फाइनान्स, होटल र पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका प्रमुख सेक्टरमा १ देखि १.५ प्रतिशतसम्मको गिरावट आएको छ। .सबैभन्दा ठूलो कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको कारोबार ९६ करोड रुपैयाँ पुगेको छ। त्यसपछि नेपाल पुनर्बीमा, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट...
पुरुष प्रधानमन्त्री कप तीन ठाउँमा हुने

पुरुष प्रधानमन्त्री कप तीन ठाउँमा हुने

खेलकुद, ट्रेन्डिङ, समाचार
फागुन २१ पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि तीनवटा ठाउँ निर्धारण गरिएको छ। यस पटकको प्रधानमन्त्री कप भैरहवाको सिद्धार्थ रंगशाला, बुटबलको एक्ट्राटेक ओभल अन्तर्राष्ट्रिय रंगशाला र दाङको देउखुरी क्रिकेट रंगशाला हुनेछ। नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार स्थानसहित तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म हुनेछ।...
मानवअधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

मानवअधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

Breaking News 2, राजनीति, समाचार
फागुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । मानवअधिकार रक्षकहरुको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवअधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानवअधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने स्पष्ट पारे । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका सहिदहरुको त्याग र बलिदानबाट आज मुलुकमा मानवअधिकार सुनिश्चित भएको उल्लेख गरे । उनले भने, 'आफू स्वयंले कठोर जेल यातना भोगेकाले अहिलेको सरकारको पहिलो कर्तव्य मानव अधिकारको सुनिश्चित गर्नु हो, म...
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २१ गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् । त्यसैगरी, मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह गरेका छन ।...
प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

ताजा अपडेट, राजनीति, समाचार
फागुन २१ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । सरकारले आज पाँचवटा अध्यादेश संसदमा पेश गर्दैछ । अध्यादेशको विपक्षमा उभिन विपक्षी दहरूको बैठक बस्न लागेको हो ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज