फागुन २१
गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
त्यसैगरी, मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह गरेका छन ।