सेयर बजारमा गिरावट जारी : नेप्से २५ अंकले घट्यो

फागुन २१
बुधबारको सेयर बजारमा नेप्से परिसूचक २५.१६ अंक घटेर २८२१ अंकमा पुगेको छ। यो गिरावटसँगै बजारको कारोबार रकम १० अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको १२ अर्ब ९४ करोड रुपैयाँको कारोबारभन्दा कम हो। यसरी तीन दिनदेखि लगातार बजारमा गिरावट आइरहेको छ, जसमा कुल ६९ अंकको गिरावट आएको छ।

बुधबार ६२ कम्पनीहरूको मूल्यमा वृद्धि भएको भएता पनि १७४ कम्पनीको मूल्य घटेको छ। व्यापार बाहेक सबै क्षेत्र घटेका छन्। व्यापार क्षेत्रले मात्र ०.४३ प्रतिशतको वृद्धि देखाएको छ।बैंकिङ, विकास बैंक, फाइनान्स, होटल र पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका प्रमुख सेक्टरमा १ देखि १.५ प्रतिशतसम्मको गिरावट आएको छ।

.सबैभन्दा ठूलो कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको कारोबार ९६ करोड रुपैयाँ पुगेको छ। त्यसपछि नेपाल पुनर्बीमा, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र घलेम्दी हाइड्रोपावरका कारोबार उल्लेखनीय रहेका छन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज