युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु
फागुन २७
युट्युब च्यानल सब्सक्राइब गर्दा २०० रुपैयाँ पाएपछि लोभिँदा एक लाख ३० हजार रुपैयाँ गुमाएका पीडितले सचेत रहन आग्रह गरेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको एक भिडिओ सन्देशमार्फत ती पीडित युवाले यस्तो ठगीबाट अपरिचित व्यक्तिबाट आएको मेसेज वा लिङ्क नखोल्न तथा कुराकानी नगर्न सुझाएका हुन् ।
उनका अनुसार सुरुमा एक अपरिचित व्यक्तिबाट ह्वाट्सएपमा मेसेज आएको थियो । ती व्यक्तिसँग कुरा गर्दा एउटा युट्युब च्यानल सब्सक्राइबमा २०० रुपैयाँ आम्दानी हुने प्रस्ताव आयो । त्यति गरेपछि आफूलाई पाँचरदश ओटा च्यानल सब्सक्राइब गर्न लगाइएको र त्यस बापत १००० रुपैयाँ प्राप्त भएको उनले सुनाएका छन् ।
“त्यसपछि मलाई उहाँले एक टेलिग्राम च्यानलमा जोड्नु भयो । त्यहाँ पनि त्यस्तै, लाइक गर्ने सब्सक्राइब गर्ने र आम्दानी गर्ने भन्ने थियो,” उनले भनेका छन्, “एउटामा चाहिँ पैसा हालेर नाफा कमाउने भन्ने आयो ।”
त्यसमा...








