फागुन २६
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा रहेको हो । काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ रहेको छ । यस्तै प्रदूषित पहिलो भियतनामको हनोई सहर रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली परेको छ ।
वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई १०१ देखि १५० अस्वस्थकर मानिन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ मानिन्छ ।