Author: Bihani Post

आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन ४, देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा भारी देखि उच्च वर्षाको  सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।...
श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ३, जयराम सापकोटा । श्रीदुर्गा भवानी टोल विकास संस्थाको २९औं साधारणसभा तथा १७औं अधिवेशन तानसेन नगरपालिका–१, भुसलडाँडास्थित दुर्गा भवानी मन्दिर परिसरमा भव्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नं।१ का वडा सदस्य रामप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो। अधिवेशनमा संस्थाका कोषाध्यक्ष दिनेश सिंजालीले वार्षिक गतिविधि विवरण र करिब रु २,४७,२५६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा ममता आमा समूहकी निवर्तमान अध्यक्ष लिला देवी न्यौपाने, भुसलडाँडा टोल विकास संस्थाका अध्यक्ष जयराम सापकोटा र प्रमुख अतिथि भट्टराईले शुभकामना मन्तव्य दिनुभएको थियो। अधिवेशनले चित्रकला न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। समितिमा उपाध्यक्षमा दिनेश सिंजाली, सचिवमा लक्ष्मी अधिकारी गैरे, उपसचिवमा ल...
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार ३, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो । अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको र सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको ज्ञवालीले स्पस्ट पार्नुभयो । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्द...
पाल्पामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

पाल्पामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
असार ३, पाल्पा जिल्लामा कुपोषण हुने बालबालिकाको सङ्ख्या वर्षेनी बढिरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा कडा कुपोषित २८ जना बालबालिका थिए भने २०८१/८२ मा बढेर ४१ पुगेका छन्। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार १० देखि १८ वर्ष उमेर समूहमा कुपोषणको अवस्था गम्भीर बन्दै गएको छ। मध्यम खालको कुपोषण पनि अघिल्लो वर्षको १२९ बाट यो वर्ष १८४ पुगेको छ। जिल्लाभरका ८,७२९ बालबालिकामा गरिएको परीक्षणमा सहरी क्षेत्रका बालबालिकामा, विशेषगरी बालिकामा, कुपोषणको अवस्था बढी देखिएको छ। कडा कुपोषण रामपुर र तानसेन नगरपालिकामा बढी पाइएको छ भने मध्यम कुपोषण बगनासकाली, रामपुर र तानसेनमा बढी देखिएको छ। अधिकृत विश्वनाथ न्यौपानेका अनुसार सहरी क्षेत्रमा पत्रु खानाको प्रयोग बढ्दै गएकाले कुपोषण पनि बढिरहेको हो।...
आजको मौसम

आजको मौसम

Breaking News 1
साउन २, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
भूटानलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

भूटानलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा

खेलकुद
साउन २, २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपखेलमा भूटानलाई हराउँदै बङ्गलादेश शीर्ष स्थानमा उक्लिएको छ । हिजो सम्पन्न खेलमा बङ्गलादेश ३-० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा फेरि फर्किएको बङ्गलादेशले १२ अङ्क पुर्‍याएको छ । समान खेलबाट ९ अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ । यस्तै बङ्गलादेश राष्ट्रिय फुटबल टोलीले आउँदो सेप्टेम्बरमा नेपालमा दुईवटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।...
१९ हजार पाँच सय ५० पुग्यो श्रमिकको तलब

१९ हजार पाँच सय ५० पुग्यो श्रमिकको तलब

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन २, श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । यो पहिलेको भन्दा दुई हजार दुई सय ५० रुपैयाँले बढी हो । यसअघि श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । नयाँ पारिश्रमिक हिजो साउन १ गतेदेखि नै लागू भएको सरकारले जनाएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुने बताइएको छ ।  ...
आज साउने सङ्क्रान्ति पर्व लुतो फालेर मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व लुतो फालेर मनाइँदै

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १, आज साउने सङ्क्रान्ति पर्व  देशभर स्नान, दान एवम् आफन्त जम्मा भई  साझपख अध्यारो भैसकेपछि घरको आगनीको (मैरी) मझेरीमा पुजा आजा गरी लुतो फालेर रमाइलो गरी मनाइँदैछ । धेरै नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलो लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएको हुँदा आज देशभर साउने सङ्क्रान्तिका रुपमा ...
तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

तिनाउँमा पहिरो व्यवस्थापन हुँन नसक्दा सडक जोखिममा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३२, पाल्पाको तिनाउ-५, चर्चरे नजिकै गएको पहिरो व्यवस्थापन हुनँ नसक्दा सडक जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरे नजिकै डुम्रे खोलामा खसेको पहिरोको उचित व्यवस्थापन नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको हो । सिद्धार्थ राजमार्गको तल्लो भाग डुम्रे खोलादेखि खसेको पहिरो समयमै व्यवस्थापन हुन नसकेपछि एक महिनाएता राजमार्ग जोगाउन प्लास्टिक बिछ्याइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मत सुधारकोलागी भनी ६ महिनाअघि भगवती कन्ट्रक्सन बुटवललाई एक करोड ३१ लाख ६९ हजार रुपैँयामा ठेक्का दिइएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो रोक्नका लागि काम गर्दै गर्दा गाउँपालिकाबाट खोला क्षेत्रमा काम गर्न अनुमति नदिँदा समस्याले ठूलो रुप लिएको सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । सिद्धार्थ राजमार्ग अन्य क्षेत्रमा खासै समस्या नभएप...
त्रिशूली नदीमा ट्रक खस्यो

त्रिशूली नदीमा ट्रक खस्यो

समाचार
असार ३२, नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालबाट गएराति एउटा मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  मेवा बोकेर काठमाण्डौका लागि छुटेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज