त्रिशूली नदीमा ट्रक खस्यो

असार ३२,
नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालबाट गएराति एउटा मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  मेवा बोकेर काठमाण्डौका लागि छुटेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज