Author: Bihani Post

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

Breaking News 2, अर्थ, ताजा अपडेट, ब्यापार
३० भदौ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको सुनको भाउ सोमबार भने सामान्य बढेको हो ।  तोलामा १ सय रुपैयाँले बढेर सुनको भाउ सोमबार २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । यो भाउ आइतबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।...
सर्वोच्च अदालतमा सेवा सुचारुः पालमूनीबाटै न्याय

सर्वोच्च अदालतमा सेवा सुचारुः पालमूनीबाटै न्याय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२९ भदौ । जेन जी आन्दोलनका क्रममा नेपालकै न्यायको सर्वोच्च धरोहर सर्वोच्च अदालतको मुख्य भवन नै जलेर खरानी बनेपछि अदालतले पालमूनीबाटै न्यायिक सेवाको पुनः शुरुवात् गरेको छ । न्याय सेवा रोकिन नहुने र रोक्न नमिल्ने विषय भएकोले पनि अफ्ठेरो अवस्थाबाटै भएपनि सर्वोच्च अदालतले न्याय सेवा प्रदान गर्ने प्रक्रिया सुचारु गरेको हो । गत २४ गते भएको जेन जी आन्दोलनमा सर्वोच्च अदालत पनि अछुतो रहन सकेन । सर्वोच्च अदालतको मूल भवनका साथै मिसिल लगायत महत्वपूर्ण कागजात समेत आन्दोलनकारीको आगजनीमा जलेर नष्ट भएपछि अदालतले पालमूनी बसेरै भएपनि सेवा सुचारु गरेको छ । जलेर खरानी बनेको मूल भवनमै अदालतका न्यायाधिशहरुको पूर्ण बैठक बस्दै आजबाट सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।...
छोडिन् सुमना श्रेष्ठले रास्वपा

छोडिन् सुमना श्रेष्ठले रास्वपा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आज पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले केही महिनाअघि पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२९ भदौ । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी छन् । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको छ । त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।...
प्रधानमन्त्री कार्कीद्धारा पदभार ग्रहण

प्रधानमन्त्री कार्कीद्धारा पदभार ग्रहण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२९ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । यसअघि गृह मन्त्रालयका लागि भनी तयार गरिएको भवनमा प्रधामन्त्रीको कार्यकक्ष तयार गरिएको थियो । सोही भवनमा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिएको थियो । सोही स्थानमा आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव सचिव लगायत विशिष्ठ कर्मचारी र सुरक्षा प्रमुख एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।...
घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

अर्थ, समाचार
२९ भदौ । आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आइतबार भने सामान्य घटेको हो । आइतबार तोलामा ७ सय रुपैयाँले घटेर सुनको भाउ २ लाख १५ हजार १ सयले कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ भने बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७० रुपैयाँ रहेको छ । यो भाउ शुक्रबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।...
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२९ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै हिजो नयाँ मन्त्री चयनका लागि सामाजिक सञ्जालहरु मार्फत खोजी गर्ने विषय चर्चामा रहेको थियो । आज भने प्रधानमन्त्री कार्कीले साँझसम्म मन्त्री मण्डल निर्माण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ । यसका लागि प्रधानमन्त्री कार्कीले जेन जी तथा अन्य प्रतिनिधिहरुसँग परामर्श गरिरहुनु भएको बुझिएको छ । हाल प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालयको जिम्मेवारी सम्हालीरहनु भएको छ । यसअघि हिजो दिनभर प्रधानमन्त्री कार्की आन्दोलनका घाइतेहरुसँगको भेटघाट र केही क्षतिग्रस्त क्षेत्रको अवलोकनमा व्यस्त रहनुभएको थियो ।...
चल्न थाले लामो दुरीका सार्वजनिक यातायात

चल्न थाले लामो दुरीका सार्वजनिक यातायात

Breaking News 2, ताजा अपडेट, समाचार
२९ भदौ । जेन जी को आन्दोलन र त्यसबाट उत्पन्न पछिल्लो परिस्थितिका कारण चल्न नसकेका सार्वजनिक यातायातहरु चल्न शुरु गरेका छन् । कर्फ्यु एवं निषेधाज्ञा लगायतका आदेशका कारण यातायात ठप्प प्रायः रहेको थियो । अस्ति र हिजो छोटो दुरीका गाडीहरु फाटफुट रुपमा चलेका भएपनि आजदेखि भने लामो दुरीका गाडीहरु पनि चल्न शुरु गरेका छन् । जेन जी को आन्दोलनपछि अवस्था असामान्य भएपछि सुरक्षाको अवस्था नसुध्रिएसम्मका लागि भन्दै यातायात व्यवशायी महासंघले यातायात बन्द गरेको जनाएको थियो । तर अब जनजीवन पनि सामान्य अवस्थामा फर्किएसँगै यातायातहरु पनि चल्न शुरु गरेका हुन् । योसँगै संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरीने यातायातहरु पनि चल्न शुरु गरेका छन् । यता पाल्पा बुटवल लगायतका क्षेत्रमा पनि यातायातका साधनहरु निर्बाध रुपमा चल्न शुरु गरेका ट्राफिक प्रहरीहरुले जनाएका छन् ।...
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपतिको शुभकामना

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपतिको शुभकामना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २८, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै देश सफल बनाउन शुभकामना व्यक्त गरेका छन् । नेपालको संविधान बमोजिम नियुक्त कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । जेनजी युवाको आन्दोलनपछि बनेको सरकारको नेतृत्व कार्कीले पाएकी हुन् । उनले आगामी छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएकी छन् । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभिन्न पार्टीका सांसद, विदेशी राजदूत तथा आन्दोलनरत युवाको सहभागिता रहेको थियो ।...
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदा २८, सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएकी छन् । पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज