Author: Bihani Post

आज संविधान दिवस

आज संविधान दिवस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज ३ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ। काठमाडौ टुँडिखेलमा बिहान ८:३० बजे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदैछ। सो कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। संविधान २०७२ साल असोज ३ गते घोषणा गरिएको थियो। आज सरकारले सार्वजनिक बिदा दिएको छ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असोज ३ । आज देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना छ।  ...
विदेशमा बस्ने नेपालीलाई पनि ‘भोटिङ एक्सेस’ दिने तयारीमा सरकार

विदेशमा बस्ने नेपालीलाई पनि ‘भोटिङ एक्सेस’ दिने तयारीमा सरकार

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
असोज २ । विदेशमा रहेका नेपालीलाई पनि आगामी निर्वाचनमा मतदान गर्न सक्ने वातावरण बनाउने तयारीमा सरकार लागेको छ । विदेश स्थित विभिन्न देशमा बसोवास गर्ने नेपालीहरुका लागि भोटिङ एक्सेस प्रदान गर्ने गरी तयारी गरेको बुझिएको छ । यसका लागि सरकारलाई कानुनी अधिकार पनि आवश्यक हुन्छ । जसका लागि सरकारले अध्यादेशबाटै भएपनि कानुन निर्माण गरेर उक्त कार्यको तयारी गर्न लागिएको स्रोतको दाबी छ । गृहमन्त्रीको कसरतः गृहमन्त्री ओमप्रकाश अर्यालले यसपटक जसरी भएपनि विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने गरी विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने सक्ने व्यवस्था गर्न आफूले कसरत गरिरहेको उनले बताएका हुन् ।  निर्वाचन आयोगले शुरु गरेको निर्वाचन सम्बन्धी छलफलमा बिहीबार कानुन मन्त्री समेत रहेका मन्त्री अर्यालले यस्तो बताएका हुन् ।...
तेस्रो नेगेटिभ सर्किटपछि बन्द भयो शेयर कारोबार

तेस्रो नेगेटिभ सर्किटपछि बन्द भयो शेयर कारोबार

Breaking News 2, अर्थ, शेयर बजार, समाचार
असोज २ । बिहीबार शेयर बजार कारोबार अनपेक्षित हुँदै बन्द भएको छ । सबैले अनुमान गरेको भन्दा फरक ढंगले कारोबारमा लगातार नेगेटिभ सर्किट ब्रेक हानेपछि अन्ततः कारोबार नै बन्द भएको छ । बिहीबारको कारोबारमा तीन पटक सम्म नेगेटिभ सर्किट लागेको छ । यो सँगै आजका लागि भने कारोबार बन्द गरिएको छ । एक हप्तापछि खुलेको शेयर बजार आज ६ प्रतिशत घटेर बन्द भएको हो । लगातार तेस्रो नेगेटिभ सर्किट लागेपनि आइतबार भने शेयर बजारमा राम्रो कारोबार हुने अनुमान शेयर क्षेत्रका विज्ञले गरेका छन् । धेरै दिनपछि आज कारोबार शुरु भएको र जेन जी आन्दोलनले गर्दा आर्थिक प्रभावका कारण पनि आजको शेयर बजार प्रभावित भएको हुन सक्ने अनुमान छ । यसबाट निराश नहुन पनि विज्ञको सुझाव छ ।...
आजदेखि खुल्दै सेयर बजार

आजदेखि खुल्दै सेयर बजार

शेयर बजार
असोज २, नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि त्यसदिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार सञ्चालनमा आउने भएको हो । गत भदौ २३ गते अन्तिमपटक सेयर कारोबार भएको थियो, त्यसदिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दुमा बन्द भएको थियो ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, लुम्बिनी, समाचार
असोज २, आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।    ...
आशलाग्दा अर्थमन्त्री कुर्सीमाः शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

आशलाग्दा अर्थमन्त्री कुर्सीमाः शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार
भदौ ३०, निराजन पौडेल, पाल्पा । अर्थमन्त्री रामेश्वर खनालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै उनी अर्थ मन्त्रालय पुगेर पद पनि सम्हालेका छन् । उनको पहिलो निर्णयका रुपमा टुक्रे योजनालाई एकिकृत गर्ने तर्फ कदम बढाएका छन् । आज मात्रै नियुक्ति भएका तीन मन्त्रीहरु सबै उर्जावान् र आशलाग्दा त छन् नै तर अर्थमन्त्रालय जस्तो संवेदनशील र अत्यन्तै जटिल मन्त्रालय सम्हालेका मन्त्री जहिले पनि बढि नै केन्द्रमा हुने गर्दछन् । यसमा पनि जेन जी को योगदानमूलक आन्दोलनबाट रोजाइमा परेका अहिलेका अर्थमन्त्री हुन् खनाल । उनीबाट धेरै विषयमा आश राखेका छन् नेपाली जनताले र नेपालको अर्थतन्त्रले पनि । एक किसिमले भन्ने हो भने भरखरै आन्दोलनबाट उठ्न लागेको सरकारलाई सम्हालेर अगाडि बढ्ने चुनौति अर्थसँग मात्रै जोडिँदैन । तर स्वयम् प्रधानमन्त्री सुशीला कार्की समेतको कार्य मूल्यांकनमा प्रभाव पार्नेछ अहिलेको अर्...
नव नियुक्त तीन मन्त्रीले लिए सपथ

नव नियुक्त तीन मन्त्रीले लिए सपथ

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० भदौ । नव नियुक्त तीन मन्त्रीहरु कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति भवन शितल निवासको भग्नावशेष अगाडिको आँगनमा आज टेन्ट टाँगेर सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो । यस अघि प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीहरु कुलमान घिसिङलाई उर्जा सहित भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास मन्त्रालय, अर्थमा पूर्व अर्थ सचिव रामेश्वर खनाल र गृहमा ओमप्रकाश अर्याललाई जिम्मेवारी तोक्ने गरी कार्य भएको जनाइएको थियो ।...
प्राधिकरणबाट हटाइएका कुलमान अन्ततः बने उर्जा मन्त्री

प्राधिकरणबाट हटाइएका कुलमान अन्ततः बने उर्जा मन्त्री

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार
भदौ ३०, निराजन पौडेल पाल्पा । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले धेरै कुरामा उथलपुथल ल्याएको छ । आन्दोलनकै जगमा पुरानो सत्ता परिवर्तन भई नयाँ सरकारको निर्माण भएको छ । जसमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीले नेतृत्व सम्हालेकी छिन् । सुशीला कार्की प्रधानमन्त्री भएसँगै भएका अनेकौं चर्चाका विषयहरुमा अझै पनि पूर्णविराम भने लागेको छैन । जस अन्तर्गतको चर्चाको विषय हो नयाँ मन्त्रीमण्डल निर्माणको विषय । नयाँ मन्त्रीहरु नियुक्त गर्नका लागि बाहिर आएका नामहरु प्रायः सबै चर्चामा छन् । यद्दपी ती नामहरुमा यसअघि देखि नै तरङ्गित नाम हो कुलमान घिसिङ । उज्यालो नेपालका नायकका रुपमा चिनिने कुलमानलाई नचिन्ने नेपालमा सायदै होलान् । उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका वेला नेपालमा लोडसेडिङको अन्त्य भएको थियो । यसैले पनि उनलाई सबैलै निकै सम्झने गर्छन् । अहिले उनै त्यहि विद्युत प्राधिकरणक...
प्रधानमन्त्री कार्कीको टिम विस्तार, आजै सपथको तयारी

प्रधानमन्त्री कार्कीको टिम विस्तार, आजै सपथको तयारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीले नाम टुङ्गिएका नयाँ मन्त्रीहरुलाई नियुक्ति र जिम्मेवारी प्रदान गर्ने तयारी भएको छ । हिजो अबेर रातिसम्ममा हाल सम्म तीन जनाको नाम टुङ्गो लागेको छ भने अन्य मन्त्रीको पनि खोजी जारी रहेको बुझिएको छ । हालसम्म कुलमान घिसिङलाई उर्जा सहित भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ । यस्तै अर्थमा पूर्व अर्थ सचिव रामेश्वर खनाल र गृहमा ओमप्रकाश अर्यालले जिम्मेवारी पाउने पक्का भएको छ । घिसिङ विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । रामेश्वर खनाल पूर्व अर्थ सचिव हुन् भने अर्याल काठमाडौैं महानगरका मेयर बालेन्द्र शाहका सल्लाहकार भएका व्यक्ति हुन् । तीनै जना मन्त्रीलाई आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ गराउने तयारी पनि रहेको स्रोतले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज