नव नियुक्त तीन मन्त्रीले लिए सपथ

३० भदौ । नव नियुक्त तीन मन्त्रीहरु कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति भवन शितल निवासको भग्नावशेष अगाडिको आँगनमा आज टेन्ट टाँगेर सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

यस अघि प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीहरु कुलमान घिसिङलाई उर्जा सहित भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास मन्त्रालय, अर्थमा पूर्व अर्थ सचिव रामेश्वर खनाल र गृहमा ओमप्रकाश अर्याललाई जिम्मेवारी तोक्ने गरी कार्य भएको जनाइएको थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज