भदौ ३०,
निराजन पौडेल, पाल्पा ।
अर्थमन्त्री रामेश्वर खनालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आजै उनी अर्थ मन्त्रालय पुगेर पद पनि सम्हालेका छन् । उनको पहिलो निर्णयका रुपमा टुक्रे योजनालाई एकिकृत गर्ने तर्फ कदम बढाएका छन् । आज मात्रै नियुक्ति भएका तीन मन्त्रीहरु सबै उर्जावान् र आशलाग्दा त छन् नै तर अर्थमन्त्रालय जस्तो संवेदनशील र अत्यन्तै जटिल मन्त्रालय सम्हालेका मन्त्री जहिले पनि बढि नै केन्द्रमा हुने गर्दछन् । यसमा पनि जेन जी को योगदानमूलक आन्दोलनबाट रोजाइमा परेका अहिलेका अर्थमन्त्री हुन् खनाल । उनीबाट धेरै विषयमा आश राखेका छन् नेपाली जनताले र नेपालको अर्थतन्त्रले पनि ।
एक किसिमले भन्ने हो भने भरखरै आन्दोलनबाट उठ्न लागेको सरकारलाई सम्हालेर अगाडि बढ्ने चुनौति अर्थसँग मात्रै जोडिँदैन । तर स्वयम् प्रधानमन्त्री सुशीला कार्की समेतको कार्य मूल्यांकनमा प्रभाव पार्नेछ अहिलेको अर्थतन्त्रको नयाँ योजना र कार्यदिशाले । यसबीचमा आएका छन् अर्थमन्त्री खनाल ।
अनुभवी छन् खनालः
अर्थमन्त्री खनाल अर्थ क्षेत्रका अनुभवी हस्ती हुन् । उनी अर्थ मन्त्रालयकै सचिवबाट रिटायर्ड भएका पूर्व कर्मचारी हुन् । अर्थ मन्त्रालयमा सचिवको रुपमा रहँदा पनि उनी चर्चामा रहेका थिए । विशेष गरी अर्थमन्त्रीसँग कार्यका शिलसिलामा पनि उनको ट्युनिङ नमिलेको देखिएको थियो । र पछि उनी अर्थ सचिवबाट आफैं विदा भए । यसकारण पनि उनीमा भिजन छ र कार्य गर्ने आँट पनि छ भन्ने बुझिन्छ । लामो अनुभव पनि बटुलेका अर्थमन्त्रीका रुपमा उनी रहेका छन् ।
उनको आगमनले शेयर बजारमा के प्रभाव पार्ला त?
उनी अर्थमन्त्री भएपछि समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा धेरेको छ । यसैको एक हिस्सा हो शेयर बजार । हरेक अर्थमन्त्री आउँदा जाँदा मात्रै नभएर उक्त निकायका व्यक्तिको अभिव्यक्तिमा पनि कतिपय अवस्थामा शेयर बजारलाई प्रभाव पार्ने गर्दछ । हालै निवर्तमान अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त हुँदा पनि शेयर उकालो लागेको थियो तर विस्तारै फेरि शेयर बजार आरालो लाग्यो । यसले के देखाउँछ भने शेयर बजारमा कुनै मन्त्री आएर मात्रै हुँदैन त्यसले अवलम्बन गर्ने लङ टर्म पोलिशिले प्रभाव पार्ने गर्छ । अहिलेका अर्थमन्त्रीको हालका गभर्नर विश्व पौडेलसँग पनि राम्रै समन्वय हुन सक्ने स्रोतहरु बताउछन् । यसर्थमा भन्ने हो भने अबको शेयर बजारमा सकारात्मक सूचकको हरियो बत्ती बल्ने देखिन्छ । अर्कातिर जेन जी हरु पनि शेयर बजारमा आकर्षित छन् भने उनीहरुको उत्साह समेतले शेयरलाई नयाँ उचाई दिन सक्ने आँकलन गर्न सकिन्छ । आजबाट मात्रै काम शुरु गरेका अर्थमन्त्रीले डिजिटल बजारमा कायापलट नै गर्लान् भन्ने कुरा छोटो समयमा सम्भव पनि नहोला तर राम्रो भिजन दिएर आवश्यक परेको खण्डमा बोल्ड डिसिजन पनि गर्ने आँट गरे भने शेयर बजार सँगसँगै नेपालको अर्थतन्त्र पनि उँभो लाग्ने निश्चित छ ।