by Bihani Post
असोज ३ ।
आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ। काठमाडौ टुँडिखेलमा बिहान ८:३० बजे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदैछ। सो कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। संविधान २०७२ साल असोज ३ गते घोषणा गरिएको थियो। आज सरकारले सार्वजनिक बिदा दिएको छ।