ताजा अपडेट

उच्च सङ्ख्यामा नेपालमा पर्यटक भित्रिए

उच्च सङ्ख्यामा नेपालमा पर्यटक भित्रिए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २१, सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।    ...
विश्व हाँसो दिवस आज नेपालमा पनि मनाइँदै

विश्व हाँसो दिवस आज नेपालमा पनि मनाइँदै

ताजा अपडेट, समाचार
बैशाख २१, विश्व हाँसो दिवस आज नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मे महिनाको ४ तारिखमा मनाइन्छ । विश्व हाँसो दिवसको यस वर्षको नारा ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ रहेको छ । हाँसो दिवसले मानिसहरूलाई हाँस्न प्रोत्साहित गर्दै हाँसोको सामाजिक, मानसिक एवम् औषधीय महत्त्वलाई उजागर गर्दछ । विश्व हाँसो दिवसको शुरुआत भारतका डाक्टर मदन कडरियाको अवधारणानुसार सन् १९९८ मा भएको हो । हाँसो योगका पितामह भनिने कटरियाका अनुसार हाँसोले विश्वभरि स्वास्थ्य, आनन्द र शान्ति ल्याउँछ । उहाँका अनुसार शरीरले कृत्रिम र वास्तविक हाँसोबीच फरक छुट्याउन नसक्ने भएकोले कृत्रिम हाँसोले पनि शरीरलाई फाइदा पुर्‍याउँछ । हाँसोको सबैभन्दा ठूलो स्वास्थ्य लाभ तनाव हार्मोन कोर्टिसोलको स्तर घटाउनु हो । हाँस्दा अनुहारका १५ सहित शरीरका ६० भन्दा बढी मांसपेशी सक्रिय हुन्छन् र हाँस्दा इन्डोर्फिन्स नामक प्राकृतिक पेनक...
चट्याङ लागेर गर्भवतीको मृत्यु

चट्याङ लागेर गर्भवतीको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २१, कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ । आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् ।
आज शेयर बजार घट्यो

आज शेयर बजार घट्यो

ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
बैशाख २१, हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ । आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बुधवार ९ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।...
आज सुनको मूल्य बढ्यो चादीको घट्यो

आज सुनको मूल्य बढ्यो चादीको घट्यो

ताजा अपडेट, ब्यापार, समाचार
  बैशाख २१, आज बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

तिन दिनसम्म वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २०, देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमबारे बुझेर मात्रै काम र यात्राका योजना बनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव परेकाले मौसममा बदली आएको महाशाखाको भनाई छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना। त्यसैगरि पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावनासमेत छ। आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिँदैन,’ लामिछानेले भन्नुभयो, ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’ मेघ गर्जनसहितको वर...
आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

अर्थ, ताजा अपडेट, ब्यापार, समाचार
बैशाख १८, सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।  ...
आफूबसेकै स्थानबाट स्वास्थ्य बीमा पाउन सकिने

आफूबसेकै स्थानबाट स्वास्थ्य बीमा पाउन सकिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
बैशाख १८, आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

ताजा अपडेट, समाचार
बैशाख १८, आज१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो । पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्त...
सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख १६, सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षमा पुुगेको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार सबै विषय सहमति हुन नसकेको हो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’ महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । विद्यालय शिक्षा ऐनलगायतका माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज