बैशाख २०,
देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमबारे बुझेर मात्रै काम र यात्राका योजना बनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव परेकाले मौसममा बदली आएको महाशाखाको भनाई छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना। त्यसैगरि पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावनासमेत छ।
आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिँदैन,’ लामिछानेले भन्नुभयो, ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’
मेघ गर्जनसहितको वर्षा, चट्याङ र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।