ट्रेन्डिङ

एमालेको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने

एमालेको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
मंसिर १८, नेकपा एमालेको आगामी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । यसअघि चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिनकै प्रयोग भएको थियो । विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि टेन्डर आह्वान भइसकेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । महाधिवेशनबाट १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन हुनेछ ।...
गलकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

गलकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
मंसिर १५ , गलकोट नगरपालिका बागलुङ को चालु आर्थिक वर्ष २०८२र८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ । नगरपालिका र वडा नं. ४ को संयुक्त आयोजनामा तथा सामुदायिक रेडियो गलकोटको सहजिकरणमा भएको कार्यक्रममा १२ जना सहभागिहरूले सेवा शुल्क, भैँसी पकेटमा विभेद, मध्यपहाडी लोकमार्गमा फालिएको माटो, किवी-ओखरको बजार अभाव, विद्यालयमा विद्यार्थी कमी, कर संकलन, सुशासन, रोजगारी सिर्जना लगायत विषयमा प्रश्न–सुझाव राखे। नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे सहित सम्बन्धित अधिकृतहरूले उठेका प्रश्नहरूको जवाफ दिए। प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर खत्रीले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता तथा सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख शर्मिला रोका मगरको सञ्चालनमा भएको थियो ।...
अनलाइन ठगी बढ्दै, सतर्क रहन प्रहरीको आग्रह

अनलाइन ठगी बढ्दै, सतर्क रहन प्रहरीको आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
कार्तिक २०, अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने घटना बढेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सस्तो दरमा सामान देखाएर अग्रिम रकम माग्ने, वा व्हाट्सएपमा स्क्रिन सेयर गराई ओटीपी लिई खाता ह्याक गर्ने जस्ता घटना बढिरहेका छन्। नेपाल प्रहरीले कसैलाई पनि स्क्रिन सेयर नगर्न, ओटीपी नदिन र ठगीबाट बच्न सतर्क रहन अनुरोध गरेको छ।...
लायन्स डिष्ट्रिक्ट ३२५ पीको दोस्रो क्याबिनेट बैठक पाल्पामा हुने

लायन्स डिष्ट्रिक्ट ३२५ पीको दोस्रो क्याबिनेट बैठक पाल्पामा हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
कार्तिक २०, लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक कात्तिक २१ र २२ गते पाल्पाको तानसेनमा हुने भएको छ। करिब ८ सयभन्दा बढी लायन्स सदस्य सहभागी हुने उक्त कार्यक्रममा गत कार्यकालको समीक्षा, आगामी योजना, सम्मान र छात्रवृत्ति वितरणजस्ता कार्यक्रम रहनेछन्। ‘जाऔं पाल्पा’ अभियानमार्फत स्थानीय पर्यटन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बैठकको प्रमुख अतिथि लायन इ. सञ्जय खेतान र अध्यक्ष लायन बालाराम भट्टराई रहनेछन्। कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट
कार्तिक २०, हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।  ...
आज पहाडी क्षेत्रमा छिटपुट बर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा छिटपुट बर्षाको सम्भावना

Breaking News 1, ट्रेन्डिङ, समाचार
कार्तिक १७, हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट (हल्का) वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू-भागमा आशिंक बदली रहनेछ ।   कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । हिजोको तुलनामा आज मौसम धेरै सफा छ । तर भोली बाट पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।    ...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
कार्तिक १३, अहिले बिहान देशभर साधरणतया बदली रहेको छ । लुम्बिनी,कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का तथा छिटपुट वर्षा भइरहेको छ । जसले गर्दा चिसो बढेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ क...
तिहार र छठ सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल

तिहार र छठ सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल

Breaking News 2, ट्रेन्डिङ, समाचार
कार्तिक ११, चाडपर्वहरु तिहार र छठ पर्व सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल पनि बढेको छ । दुवै हिन्दुहरुका पर्व तिहार र छठ सकिएकोले एक हप्ता लामो विदामा बन्द भएका सरकारी कार्यालयहरुमा चहलपहल बढेको छ । यस्तै मंगलबारदेखि विद्यालयहरु पनि खुलेका छन् । योसँगै बजार तथा सदरमुकाम क्षेत्रमा चहलपहल बढेको छ । तिहार पछि शान्त बनेको निजी क्षेत्रका व्यवशाय तथा व्यापारिक क्षेत्रमा पनि चहलपहल बढेको छ । जेन जी आन्दोलनका कारण कतिपय सरकारी कार्यालयहरुका कामले दशैं एवम् तिहारसम्म पनि  गति लिन सकेको थिएन । अब भने कार्यालयहरुमा कामको तीव्रता हुन सक्ने अनुमान गर्न सकिन्छ । विशेषगरी लामो समय विदा हुने पर्वहरु सकिएकाले पनि अब सरकारी एवं अन्य कार्यहरुले तीव्रता लिने अपेक्षा गर्न सकिन्छ ।...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, समाचार
कार्तिक ११ , सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने यो पर्व अन्तर्गत आज सप्तमीका दिन भक्तजनले नदी तथा पोखरी किनारमा नुहाई दूध, जल र फूलले सूर्यदेवको पूजा–आराधना गरे। सूर्य र जललाई जीवनको स्रोत मानी गरिएको यो व्रतमा विवाहितहरूले परिवारको दीर्घायु र समृद्धिको कामना गर्छन् भने अविवाहितहरूले सुयोग्य जोडी प्राप्तिको कामना गर्छन्। मिथिला क्षेत्रबाट सुरु भएको छठ पर्व पछिल्ला वर्षमा काठमाडौंका गुह्येश्वरी, कमलपोखरी र थापाथलीलगायत स्थानमा पनि भव्य रूपमा मनाइने परम्परा बसिसकेको छ। सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।...
आज यि प्रदेशमा पानी पर्ने

आज यि प्रदेशमा पानी पर्ने

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
कार्तिक ११, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ । साथै आज राती गण्डकी प्रदेशमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज