उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

कार्तिक ११ , सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने यो पर्व अन्तर्गत आज सप्तमीका दिन भक्तजनले नदी तथा पोखरी किनारमा नुहाई दूध, जल र फूलले सूर्यदेवको पूजा–आराधना गरे।

सूर्य र जललाई जीवनको स्रोत मानी गरिएको यो व्रतमा विवाहितहरूले परिवारको दीर्घायु र समृद्धिको कामना गर्छन् भने अविवाहितहरूले सुयोग्य जोडी प्राप्तिको कामना गर्छन्। मिथिला क्षेत्रबाट सुरु भएको छठ पर्व पछिल्ला वर्षमा काठमाडौंका गुह्येश्वरी, कमलपोखरी र थापाथलीलगायत स्थानमा पनि भव्य रूपमा मनाइने परम्परा बसिसकेको छ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज