तिहार र छठ सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल

कार्तिक ११, चाडपर्वहरु तिहार र छठ पर्व सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल पनि बढेको छ । दुवै हिन्दुहरुका पर्व तिहार र छठ सकिएकोले एक हप्ता लामो विदामा बन्द भएका सरकारी कार्यालयहरुमा चहलपहल बढेको छ । यस्तै मंगलबारदेखि विद्यालयहरु पनि खुलेका छन् । योसँगै बजार तथा सदरमुकाम क्षेत्रमा चहलपहल बढेको छ । तिहार पछि शान्त बनेको निजी क्षेत्रका व्यवशाय तथा व्यापारिक क्षेत्रमा पनि चहलपहल बढेको छ ।

जेन जी आन्दोलनका कारण कतिपय सरकारी कार्यालयहरुका कामले दशैं एवम् तिहारसम्म पनि  गति लिन सकेको थिएन । अब भने कार्यालयहरुमा कामको तीव्रता हुन सक्ने अनुमान गर्न सकिन्छ । विशेषगरी लामो समय विदा हुने पर्वहरु सकिएकाले पनि अब सरकारी एवं अन्य कार्यहरुले तीव्रता लिने अपेक्षा गर्न सकिन्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज