ट्रेन्डिङ

काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
वैशाख ७, शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ ।यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने सरकारले तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भइसकेको छ । सरकारले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुनेगरी भर्ना अभियान सञ्चालन गर्न र गराउन भनिएको छ । तर यहाँ शिक्षक, भर्ना अभियानभन्दा पनि आफ्नो माग पूरा गर्नका लागि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर शिक्षक सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शुन्य भएको हो । शिक्षकहरुको आन्दोलन आज १९ औं दि...
यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दै

यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
वैशाख ६, १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।  यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो । अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ । यसअघि नेपालले ८ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।...
शिक्षकहरूको आन्दोलन आज १७ औं दिन पनि जारी

शिक्षकहरूको आन्दोलन आज १७ औं दिन पनि जारी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
शिक्षकहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा विधेयक यथाशक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डौमा गरिरहेको आन्दोलनको आज १७औं दिन भइसकेको छ । शिक्षकहरू आज पनि माइतीघर मण्डलामा भेला भएर बानेश्वर पुगेका छन् । उनीहरूको प्रदर्शनका कारण माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका शैक्षिक गतिविधि र परीक्षामा सहभागी नहुने बताउँदै आएको छ । महासङ्घको नेतृत्वमा शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्का...
आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
वैशाख ५, आज सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।  ...
शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख ५ कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन् । तर, कम्पाउन्ड बाहिरवाट हानेको गोली आफूले छलेकोले चोटपटक नलागेको उनले जनाएका छन् । साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।...
शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, स्वास्थ्य
वैशाख ४, देशभर आगामी शनिबार र आइतबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई खुवाउन लागिएको हो। त्यसैगरी ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइनेछ। नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने छ। पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ। अभियानमा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ। पायक पर्ने ठाउँ स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी स्थानीय तहले गरेका छन्। यो कार्यक्रम हरेक वर्ष प...
एनसेलका नयाँ प्याकहरू यस्ता छन्

एनसेलका नयाँ प्याकहरू यस्ता छन्

ट्रेन्डिङ, शिक्षा, समाचार
वैशाख ४, नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको रु ३० भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरु संचालनमा ल्याएको हो । भ्वाइस सेवामा, एनसेलले रु ३९ देखि रु ५९९ सम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र रु १९८ मा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र रु २८.३ मा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र रु ५० रहेको छ । त्यसैगरी, रु ५९९ मा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ...
चट्याङ लागेर एकैपरिवारका ४ जना घाइते

चट्याङ लागेर एकैपरिवारका ४ जना घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख २, सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकैपरिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।...
पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
वैशाख २, पाल्पामा हिजो स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार लाम्टाङबाट ओइरीघाटतर्फ जादै गरेको लुम्बिनी प्रदेश ०९-००४ प ८०३९ नंको स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।...
आजदेखि नयाँ वर्ष सुरु, विभिद कार्यक्रमगरी मनाइदै

आजदेखि नयाँ वर्ष सुरु, विभिद कार्यक्रमगरी मनाइदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख ०१, आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ देशभर विभिद कार्यक्रम गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज